पोखरा २२ चैत । नवौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७४ बिहिवार देखि पोखराको हेमजामा शुरु भएको छ। ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ विष्णुुपादुका क्लब हेमजा र प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना व्यवस्थापन इकाई वसुन्धरा काठमाण्डौंको आयोजनामा महोत्सवको आयोजना गरिएको हो।
महोत्सवको प्रदेश ४ का मुख्य मन्त्री पृथ्वीसुब्वा गुरुङले उद्घाटन गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले आलु महोत्सव यस गाउँको पहिचानको रुपमा रहेको बताए। ‘आलु महोत्सवले यहाँका किसानलाई प्रवद्र्धन गर्ने काम गरेको छ यसका लागि आयोजक धन्यवादको पात्र वनेको छ’–गुरुङले भने–‘यस प्रदेशलाई कृषि क्षेत्रको रुपमा विकास गर्न पनि आलु महोत्सव जस्तै अरु गाउँमा पनि आफ्ना पहिचान झल्कीने कृषि कार्यक्रम हुन जरुरी छ।’ कृषिलाई परम्परागत भन्दा पनि अव यान्त्रिक र आधुनिकरण तर्फ लैजानु पर्ने उनको भनाइ थियो।
कार्यक्रममा प्रदेश सभा सदस्य रामजी बराल ‘जीवन’ ले उत्पादित वस्तुलाई वजारीकरण गर्न महोत्सव कोषेढुड्डा सावित बनेको बताए।
महोत्सवको उद्घाटन अघि हेमजा मिलनचोक देखि निकलिएको झाँकी सहितको ¥याली महोत्सव स्थलमा पुगेको थियो। ¥यालीमा यहाँका विभिन्न संघ संस्था, सहकारी, आमा समूह, क्लबको उल्लेख्य सहभागिता रहेको थियो।

Related