• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रधानमन्त्री ओली भारत प्रस्थान, यस्तो हुनेछ तीन दिनको भ्रमण

  •      /२३ चैत्र २०७४, शुक्रबार ०४:०८ ,  प्रकाशीत
  • काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओली तीन दिनको राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। बिहान ९ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट ओली भारत प्रस्थान गरेका हुन्।

    भ्रमणमा प्रधानमन्त्रीसँगै नेपाल सरकारका मन्त्री, सांसद्, मुख्यसचिव, सचिव र प्रधानमन्त्रीका सचिवालयका सदस्य, निजी चिकित्सकसहित ५४ सदस्य छन्।

    दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीको यो पहिलो विदेश भ्रमण हो। प्रधानमन्त्रीको बिदाइमा सभामुख, राष्ट्रियसभा अध्यक्ष तथा नेपाल सरकारका मन्त्रीहरुले बिदाइ गरेका थिए। यस्तै राजनीतिक दलका नेताहरु पनि विमानस्थल पुगेका थिए।

    ओली नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट ओली राष्ट्रपति भवनमा पुग्नेछन्।

    यस्तो छ प्रधानमन्त्री ओलीको भ्रमण तालिका
    पहिलो दिन
    शुक्रबार नयाँ दिल्लीमा ओर्लिए लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति भवनमा केही समय आराम गर्ने छन्। त्यसपछि उनले भारतका उद्योगी तथा व्यवसायीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। यो अन्तरक्रियामा नेपालबाट जाने उद्योगी तथा व्यवसायीहरुको समेत सहभागिता हुने छ।

    यो कार्यक्रम सम्पन्न भएपछि प्रधानमन्त्री ओली साँझ नै अर्को अन्तरक्रियामा सहभागी हुने छन्। भारतमा रहेका नेपाली समुदायसँग उनले शुक्रबार साँझ नै अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। साँझ प्रधानमन्त्री ओलीको सम्मानमा दिल्लीस्थित नेपाली दूतावासले रात्रिभोजको आयोजना गर्ने छ। उनी रात्रिभोजमा सहभागी हुनुका साथै सोही अवसरमा उनले नेपाली समुदायका प्रतिनिधिसँग पनि छलफल गर्ने कार्यक्रम तय भएको छ।

    दोस्रो दिन
    दिल्ली भ्रमणको दोस्रो दिन शनिबार प्रधानमन्त्री ओली राजनीतिक भेटघाटमा व्यस्त हुने छन्। भारतको राष्ट्रपति भवनमा प्रधानमन्त्री ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले औपचारिक रुपमा स्वागत गर्ने छन्।

    शनिबार बिहान प्रधानमन्त्रीको सम्मानमा आयोजित राजकीय स्वागतमा सहभागी हुनेछन्। त्यहाँ उनलाई गार्डअफ अनर प्रदान गरिनेछ। लगत्तै उनी महात्मा गान्धीको समाधिस्थल राजघाटमा पुगी पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रम तय भएको छ।

    प्रधानमन्त्री ओलीले शनिबार नै भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ। लगत्तै उनले भारतीय उपराष्ट्रपति एम वैंकया नायडुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।

    त्यस लगत्तै प्रधानमन्त्री ओलीले समकक्षी मोदीसँग द्विपक्षीय भेट गर्ने छन्। प्रधानमन्त्री ओलीको सम्मानमा मोदीले आयोजना गर्ने दिवाभोजमा समेत सरिक हुने छन्। सोही क्रममा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच ‘वान टु वान’ वार्ता हुनेछ। त्यसपछि दुई देशका प्रधानमन्त्रीको नेतृत्वमा द्विपक्षीय वार्ता हुने छ।

    वार्तापछि दुबै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन आयोजना गरी सम्बोधन गर्ने कार्यक्रम बनेको परराष्ट्र स्रोतले जनाएको छ।
    शनिबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशमन्त्री सुस्मा स्वराज, भारतका वित्तमन्त्री अरुण जेट्ली, गृहमन्त्री राजनाथ सिंहले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।

    लगत्तै प्रधानमन्त्री ओलीसँग भारतका विभिन्न राजनीतिक दलका प्रमुख तथा नेताहरुले भेट गर्ने कार्यक्रम तय भएको छ।

    भेटवार्तापछि दुबै देशका प्रधानमन्त्रीले शनिबार नै वीरगंजमा भारतीय सहयोगमा बनेको एकीकृत चेक पोष्टको संयुक्त रुपमा दिल्लीबाट स्विच थिचेर उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

    लगत्तै दुबै प्रधानमन्त्रीहरुले भारतका इण्डिया फाउन्डेशनले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा वुद्धिजिवीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।

    तेस्रो दिन
    भ्रमणको तेस्रो तथा अन्तिम दिन आइतबार प्रधानमन्त्री ओली नेपालसँग सीमा जोडिएको भारतको राज्य उत्तराखण्डमा पुग्ने छन्। उत्तराखण्डको पन्तनगरस्थित गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयमा आयोजना हुने विशेष दीक्षान्त समारोहमा सहभागी हुने छन्। विश्वविद्यालयले प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि (डिग्री अफ डक्टर अफ साइन्स) प्रदान गर्ने कार्यक्रम रहेको छ।

    कार्यक्रम सकेसँगै प्रधानमन्त्री ओली नयाँ दिल्ली फर्किने छन्। त्यहाँदेखि आइतबार साँझ नै स्वदेश फर्किने कार्यक्रम तय भएको छ।pahilopost

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.