कानुन बनाउन र कार्यन्वयन गर्न सरकारलाई दबाब दिन्छु : अध्यक्ष तिमिल्सिना
/२४ चैत्र २०७४, शनिबार ०९:५१ , प्रकाशीत
पोखरा, २४ चैत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान बमोजिमका कानुनहरू निर्माण गर्ने र सरकारलाई कार्यन्वयन गर्न दबाब दिने बताएका छन्।
पर्वत मिलन समाज पोखराले शनिबार यहाँ आयोजनामा गरेको एक कार्यक्रममा बोल्दै तिमिल्सिनाले कानुनको अभावमा स्थानीय, प्रदेश र संघीय सरकारलाई काम गर्न अफ्ट्यारो परेको गुनासो आएकाले संसदमार्फत छिटोभन्दा छिटो कानुन निर्माण गर्न लागि पर्ने बताएका हुन्।
तीन चरणको निर्वाचन सम्पन्न भई देश स्थायीत्व र समृद्धिको बाटोमा अगाडि बढ्ने अठोट गरेकोले कानुनका कारण बाधा पुग्न नहुने बताए। उनले नयाँ जनादेश प्राप्त सरकारले पनि समृद्धिलाई मुख्य मुद्दा बनाएकाले संसदले छिटो कानुन दिएर सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। ’संविधानअनुसार गठित स्थानीय, प्रदेश र संघीय सरकारले संविधान बमोजिमको अधिकार प्रयोग गरेर अगाडी बढ्नुपर्छ,’ उनले भने। त्यसैगरी अध्यक्ष तिमिल्सिनाले नेपाली समाजमा भ्रष्टाचार संस्थागत हुँदै गएकोमा चिन्ता व्यक्त गरे। ’नेपालमा भ्रष्टाचार संस्कृति रूपमा भित्रिएका छ,’ उनले भने, जागिर खान, पढ्न पढाउन घुस खुवाउनु पर्ने, कर तिर्दापनि घुस खुवाउनु पर्ने। यस्ता कुराहरूको अन्त्य गर्नुपर्छ । उनले प्राकृतिक श्रोत र साधन भरिपूर्ण नेपाल विकासमा पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताए। ’हाम्रोमा वनजंगल, हावापानी, खोलानाला जस्ता अनुपम श्रोतहरू रहेका छन् यिनीहरूको उपयोग गर्नुपर्ने छ,’ उनले भने।
त्यस्तै प्रदेश ४ को विकासको लागि कोरलादेखि त्रिवेणी सुस्ता सडकलाई द्रुत हिसाबले अगाडि बढाउनु पर्ने बताए। उनले आफ्नो गृह जिल्ला पर्वतमा धेरै बुद्धिजिवी रहेको बताउँदै यसलाई उचित ढंगले परिचालन गर्नुपर्ने बताए। ’मैले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिनु अगाडि नै पार्टीको जिम्मेवारीबाट राजिनामा दिएको हुँ म अहिले साझा मान्छे हो,’ उनले भने। ’राम्रा कुरामा प्रतिपक्षलाई पनि साथमा लिएर अगाडि बढ्छु ।

Related