पोखरा ।पोखरा लेखनाथ महानगरपालिका १७ घारीपाटनबाट लागूऔषध सहित दुइ जना पक्राउ परेका छन् ।गाजाँ र गाजाँको तयारी धुलो (पोलेण्ड) सहित पोखरा १८ सेदीबगर निवासी २५ वर्षिय जगत बहादुर नेपाली र स्याङजाको आधिखोला गाउँपालिका ४ निवासी १८ वर्षिय बिनोद परियार पक्राउ परेको प्रहरी उपरीक्ष विरेन्द्र कुमार बस्यालले जानकारी दिए ।
पोखरा नगर क्षेत्रका विभिन्न स्थानहरुमा अबैध लागूऔषध गाँजा बिक्री बितरण, ओसारपसार, सेवन तथा सञ्चय समेत गर्ने गरेको विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लागुऔषध नियन्त्रण ब्यूरो पोखरावाट खटिएको प्रहरी निरीक्षक रविन्द्रमान गुरुङ सहितको प्रहरी टोलिले २ किलो ३ सय २० ग्राम गाँजा र ८ सय ग्राम गाँजाको तयारी घुलो (पोलेण्ड) सहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

Related