ह्विल लक भएको जहाज मर्मत गर्न प्राविधिक पोखरामा,केही समयमै विमानस्थल खुल्ने
तपाईको प्रतिक्रिया





पोखरा । काठमाण्डौंबाट यात्रु लिएर आएको जहाज पोखरा बिकानस्थलमा अवतरण गरी पाकिङ्ग क्षेत्रमा लग्ने क्रममा ह्विल लक हुदाँ साडे दुईघण्टा पुरै विमानस्थलको सेवा प्रभावित भएको छ।
काठमाडौंबाट २८ यात्रु बोकेर आएको यति एअरलायन्सको ९ एन एएचयु विमान अवतरणका क्रममा ह्विल लक हुदाँ विमानस्थलको सेवा प्रभावित भएको हो ।
दिउँसो १ बजेर १० मिनेटमा उक्त विमानको ह्विल लक भएको विमानस्थलका प्रमुख भोला प्रसाद गुराँगाईले जानकारी दिए। विमानस्थल प्रमुख गुराँगाईका अनुसार विमान ल्याण्डिङ्गगरी पाकिङ्ग क्षेत्रमा जाने क्रममा ह्विल लक भएको हो। ‘यो अकस्मात भएको सामान्य समस्या हो ’उनले भने। ‘ठूलो समस्य हैन, प्राविधिक समस्या हो,यसलाई स्टेरिङ्गलकका रुपमा बुझ््दा हुन्छ’ गुराँगाईले भने।
लक भएको विमानको चक्का खोल्नका लागि काठमाडौंबाट प्राविधिक ल्याएर मर्मतको काम भईरहेको उनले बताए। ‘भर्खर प्राविधिको टोली आएर ह्विल लकको मर्मत गर्दै छ’ उनले भने। अब केही समयमै विमानस्थल खुल्न छ।
Related