ह्विल लक भएको जहाज मर्मतपछि विमानस्थलका सेवा सुचारु
/२७ चैत्र २०७४, मंगलवार १४:४९ , प्रकाशीत
पोखरा । काठमाण्डौंबाट यात्रु लिएर पोखरा आएको जहाज अवतरण गर्ने क्रममा ह्विल लक भएर अवरुद्ध विमानस्थल तीन घण्टापछि खुलेको छ। काठमाडौंबाट ल्याइएका प्राविधिकको टोलीले विमान मर्मत गरि पार्किङ लगेपछि विमानस्थल सञ्चालनमा आएको पोखरा विमानस्थल प्रमुख भोला प्रसाद गुरागाइँले जानकारी दिए।
ह्विल लक भएको विमानको चक्का खोल्नका लागि काठमाडौंबाट प्राविधिक ल्याएर मर्मत गरेपछि नियमित सेवा सञ्चालनमा आएको प्रमुख गुरागाइँले बताए। ‘करिव २ घण्टापछि प्राविधिको टोली आएर ह्विल लकको मर्मत गरेपछि बिमानस्थलको सेवा नियमित भएको छ’ उनले भने। ‘यस्ता समस्य अकस्मात देखिने प्राविधिक हुन्। यो ठूलो घट्ना होइन।’
काठमाडौंबाट २८ यात्रु बोकेर आएको यति एअरलायन्सको ९ एन एएचयु विमान अवतरणका क्रममा ह्विल लक हुदाँ विमानस्थलको सेवा प्रभावित भएको हो । दिउँसो १ बजेर १० मिनेटमा उक्त विमानको ह्विल लक भएको थियो। प्राविधिक टोलीले मर्मत गरेपछि करिव ४ बजे विमानस्थलका सेवा नियमित भएको थियो। २८ जना यात्रु लिएर पोखरा आएको जहाज सबै यात्रुसहित चालक दलका सदस्यहरु सुरक्षित रहेका थिए ।

Related