पत्रकारको एउटै ट्वीट पछि एक्सनमा उत्रिए पर्यटन मन्त्री अधिकारी त्रिभुवन विमानस्थलमा थपिए हजार कुर्सी
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज
पोखरा । त्रिभूवन विमानस्थलमा यात्रुहरु बस्ने कुर्ची नाएर खालिभूईमा भएको भन्दै पत्रकार भोजराज न्यौपानेले पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई सम्वोधन गर्दे ट्वीट गरेपछि तत्कालै मन्त्री अधिकारी एक्सनमा उत्रिएका छन्।
सर्वसाधार कुर्सी नपाएर भुइमा बसेको ट्वीटको गुनशो पछि मन्त्री अधिकारीको निर्देशनमा तत्कालै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विभानस्थलमा यात्रुलाई सहज हुने गरी एक हजार कुर्सी थपगरिएकोछ।
पत्रकार न्यौपानेले मन्त्री अधिकारीलाई सम्वोधन गर्दै प्रिय रविन्द्र दाइ ! त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको डोमेस्टिक सेक्सनमा देखिएको यो दृश्यले निकै दुख लाग्यो । अहिलेलाई कम्तिमा यात्रुलाई बस्ने ठाउँ भएपनि बनाउनु पर्याे दाइ ! बाँकी पर्यटन विकास त गर्दै गरौंला भन्दै तस्विर सहित ट्वीट गरेका थिए।
उनको ट्वीटको १२ घण्टा वित्न नपाउदै मन्त्री अधिकारीले न्यौपानेलाई सम्वोध गर्दै टेवीट गरेका थिए। मन्त्री अधिकारीको ट्वीट यस्तो थियो।
भोलिपल्ट तीनबजेतिर उनैलाई मेन्सन गर्दै मन्त्री अधिकारीले अर्को ट्वीट गरे, ‘प्रिय भाइ भोज राज आजको २० दिनमा कम्तीमा १०० कुर्सी भएको थप कक्ष तयार गर्ने गरी आज बाट काम गर्न लगाएको छु। सुझावलाई सधै स्वागत छ।’
हालै त्रिभुवन विमानस्थलको अन्तर्रा्ष्ट्रिय टर्मिनलको प्रस्थान विन्दुतर्फको यात्रु प्रतिक्षा कक्षमा एक हजारवटा नयाँ कुर्सी र सिहित भौतिक सुधारको काम थालिएकोछ।
एकवर्ष अघि नै भएको टेण्डरका आधारमा एक हजारवटा नयाँ कुर्सी थपिएको विभानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए । यसले यात्रुलाई सहज हुने अपेक्षा विमानस्थलको छ ।
‘यात्रुको अन्तिम सुरक्षा जाँचपछि प्लेन चढ्नुअघि प्रतीक्षामा बस्नुपर्ने कक्षमा एक हजार नयाँ कुर्सी थपेका छौं । अब यात्रुले विदेश प्रस्थानको समयमा हलमा उभिनुपर्ने छैन,’ ठाकुरले भने,’यी कुर्सी अन्तर्रा्ष्ट्रिय स्तरका हुन् ।’
यसअघि सो हलमा दुई सय मात्रै कुर्सी थिए । अब यो संख्या १२ सय पुगेको छ । केही कुर्सी पुराना भएकाले त्यसले हलको शोभा नै बिगारेको थियो ।
पर्यटन मन्त्री अधिकारीले अन्तराष्ट्यि विमानस्थलको ब्यवस्थापनको जिम्मा पाएको क्यानलाई छिटो भन्दा छिटो विमानस्थल व्यवस्थित पार्न निर्देशन दिएका थिए। मन्त्रीको निर्देशन पछि वीरगञ्ज भन्सार कार्यालयमा पुगेका कुर्सीहरु रातारात विमानस्थलमा ल्याएर ब्यवस्थित पारिएको थियो।
Related