• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा फेवा नयाँ वर्ष महोत्सव सुरु

  •      /२८ चैत्र २०७४, बुधबार १४:३२ ,  प्रकाशीत
  • पोखरा । पर्यटकीय नगरी पोखरामा को फेवा ताल किनार स्थित कोमागाने पार्कमा १५ औं फेवा नव वर्ष महोत्सव सुरु भएको छ ।महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले महोत्सवको उद्घाटन गरेका छन् ।
    महोत्सवको उद्घाटन गर्दै मन्त्री अधिकारीले सरकारले केही महिना भित्रमा १ सय वटा पर्यटकीय गन्तव्य पहिचान गरी तिनको प्रचार गर्ने तयारीमा सरकार लागेको जानकारी दिए । पोखरा र वरपरको क्षेत्रमा दर्जनौं होमस्टे विकास गर्ने र स्थानीय उत्पादन खुवाउने होमस्टेलाई मात्र सरकारले प्रोत्साहन र सहयोग गर्ने उनले बताए ।
    पर्यटकीय लेकसाइडलाई राति दुई बजे सम्म र काठमाडौंको ठमेललाई तीन बजेसम्म खोल्ने पहल गर्ने पनि उनले सो अवसरमा बताए । फेवा तालको संरक्षणका लागि छिटै कार्ययोजना सार्वजनिक गरिने भन्दै उनले पोखरामा बन्दै गरेको नयाँ विमानस्थलको कामलाई तीव्रपारिने प्रतिबद्धता जनाए ।
    मूलुकको कूल ग्राहस्थ उत्पादनमा पर्यटनको योगदान साडे सात बाट बढाएर २५ प्रतिशत पु¥याइने पनि उनले बताए । पोखरा विमानस्थल बाहेक देशका विभिन्न स्थानका पाँच विमानस्थल छनोट गरी रात्रीकालिन सेवा तत्कालै थाल्ने बताउदै अन्तर्रा्ष्ट्रिय विमानस्थलको सुधारको काम अघि बढि सकेको मन्त्री अधिकारीले जानकारी दिए ।
    प्रदेश ४ का पर्यटन मन्त्री विकास लम्सालले प्रदेश ४ र खास गरी पोखरा आउने पर्यटकको तथ्यांक राख्ने काम थालिने र प्रवद्र्धनको कामलाई अगाडि बढाइने बताए । पोखरामा अन्तर्रा्ष्ट्रि स्तरको सेमिनार हल बनाइने आश्वासन पनि उनले दिए । कोरलादेखि सुस्तासम्म स्तरीय सडक निर्माण गर्ने योजना मन्त्री लम्सालले सुनाए ।
    कार्यक्रममा प्रदेश ४ का सभासद कृष्ण थापा, अर्का सभासद राजिव पहारी, कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, वडा महिला समन्वय समिति बैदामकी अध्यक्ष विष्णु केसी र आयोजक संघका प्रथम उपाध्यक्ष लक्ष्मण सुवेदीले भनाई राखेका थिए ।
    फेवा तालको संरक्षण गरौं भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवले पर्यटन, संस्कृति र खानाको पक्षलाई बढी जोड दिएको आयोजक पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष एवं महोत्सव संयोजक विकल तुलाचनले जानकारी दिए ।
    देशका मुख्य शहरहरुमा अंग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ वर्र्ष पनि उत्तिकै महत्वका साथ प्रचार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने उद्धेश्य महोत्सवले लिएको छ ।
    महोत्सवमा ४० स्टल छन् । नेपाली तथा विदेशी खाना, सांस्कृति कार्यक्रम, लोक दोहोरी, पप कन्सर्ट, पर्यटक र डुंगा दौड, व्यापारिक स्टल, हाँस्य कलाकारको प्रस्तुती, खुल्ला नृत्य र रत्यौली गीत प्रतियोगिता जस्ता आकर्षण महोत्सवले समेट्दै छ । यति ब्रुअरीको अर्ना वियर महोत्सवको मुख्य प्रायोजक र नेपाल पर्यटन बोर्ड प्रबद्र्धक रहेको छ ।
    महोत्सव उद्घाटन अघि लेकसाइड स्थित हल्लनचोकबाट निकालिएको झाँकी सहितको सांस्कृतिक ¥याली तीन किलोमिटर दक्षिणको कोमागाने पार्कमा पुगी उद्घाटन समारोहमा परिणत भएको थियो । महोत्सव चैत २८ गते देखि वैशाख २ गते सम्म सञ्चालन हुनेछ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.