पोखरा २९ चैत्र । पर्यटकीय शहरका रुपमा परिचत पोखरामा पानीमा खेलिने कुनैपनि खेलहरु सञ्चालन हुन नसकिरहदा यहांका एक ब्याक्तिले आफ्नो जग्गामा पानीमा खेलिने खेलहरुका लागी बिग स्प्लास सञ्चालनमा ल्याएका छन । युवा उद्यमी अमित मुल्मीले पोखरा १४ चाउथेमा रहेको आफ्नो १३ रोपनी जग्गामा हालै बिग स्प्लास सञ्चालनमा ल्याएका हुन । बिग स्प्लास चार नम्बर प्रदेशकै पहिलोे पानीमा सञ्चालन हुने गतिविधी हुने मुल्मीको दावी रहेको छ ।
८ वटा ताल भएतापनि पोखरा लेखनाथ महानगरमा पुराना डुङगाहरुमा मात्र सिमित भइरहेको सन्दर्भमा बिग स्प्लास नया पर्यटकीय गन्तब्य हुने र यसमा युवा देखी बृद्ध बृद्धाहरुले समेत पानीमा हुने शाहसिक र मनोरन्जनात्मक गतिविधीमा सहभागी हुन पाउने सञ्चालक मुल्मी बताउछन । बच्चा हरुका लागी १५ फिट र वयस्कहरुका लागी ३० फिटको उचाइबाट ६ र १२० फिट लामो स्ट्रेट स्लाइड र वेभ स्लाइडमा सिंगल र डवल ट्युवबाट स्लाइड गरी मनोरन्जन लिन सक्नेछन ।

Related