पर्यटकीय नगरी लेकसाइडमा जाग्राम बसेर नयाँ वर्षको भव्य स्वागत
/१ बैशाख २०७५, शनिबार ०३:०१ , प्रकाशीत
शूभेच्छा न्यूज
पोखरा। पोखराको लेकसाइडमा आन्तरिक तथा बाह्य पर्यटकहरुले जाग्रामै बसेर नयाँ वर्षको भव्य स्वागत गरेका छन् । पश्चिमाञ्चल होटल संघले आयोजना गरेको १५ औं फेवा नव वर्ष महोत्सवमा उपस्थित दर्शकले आतासवाजी सहित नयाँ वर्षको स्वागत गरेका हुन् ।
‘फेवा ताललाई संरक्षण गरौं,’ नारा दिएर चैत २८ गतेदेखि शुरु महोत्सवको सबैभन्दा महत्वपूर्ण इभको दिनलाई मानिन्छ । महोत्सवमा इभ मनाउन आन्तरीक तथा बाह्य पर्यटकहरु पोखरामा छन् ।लेकसाइडमा चलिरहेको फेवा नव वर्ष महोत्सव, होटल तथा रेष्टुराहरुमा विषेश कार्यक्रमले लेकसाइड गुन्जायमान भएको थियो ।
प्रत्येक दिन बिहान ११ बजेदेखि राति १० बजेसम्म महोत्सव चलेपिनि ३० गते राति भने १ बजेसम्म जागै बसेर नयाँ वर्षको स्वागत गरिएको थियो ।
नेपालका मुख्य सहरमा अंग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ वर्ष पनि उत्तिकै महत्व र मौलिक संस्कृतिको रक्षा गर्दै मनाउन लागिएको हो । पर्यटन, संस्कृति र खाना फेवा महोत्सवका मुख्य आकर्षण छन् ।
पश्चिमाञ्चल होटल संघले आयोजना गरेको १५ औं फेवा नव वर्ष महोत्सवमा पाहुनालाई छुटसहितका प्याकेजको व्यवस्था छ । नेपाली तथा विदेशी खाना, सांस्कृतिक कार्यक्रम, लोक दोहोरी, पप कन्सर्ट, पर्यटक, डुंगा दौड, व्यापारिक स्टल, हाँस्य कलाकारको प्रस्तुति, खुल्ला नृत्य र रत्यौली गीत प्रतियोगिता महोत्सवका आकर्षण हुन् । महोत्सव भोलिसम्म चल्नेछ ।

Related