• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

धम्पुस लालीगुराँस महोत्सव

  •      /२ बैशाख २०७५, आईतवार १५:०४ ,  प्रकाशीत
  • पोखरा, २ वैशाख l  गन्तव्य धम्पुस लालीगुराँस महोत्सव २०७५ को तयारि पुरा भएको छ । “धम्पुस लालीगुँरास महोत्सव हाम्रो पहिचान, आन्तरीक तथा बाह्य पर्यटन प्रवद्र्धन हाम्रो अभियान” भन्ने नाराका साथ आयोजना गरिएको महोत्सव वैशाख ४ गतेदेखि ८ गते सम्म धम्पुसको पृथ्वीनारायण माविको प्राङगणमा हुने धम्पुसमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको हो ।

    ८० हजार भन्दा बढि दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको महोत्सवमा मेला अवधि भर दर्शकहरुको सहजताका लागि पोखराको हरिचोक बाट धम्पुस सम्म आउने जाने यातायाको व्यबस्था मिलाईएको छ । बास बस्ने पाहुना तथा दर्शकहरुका लागि होटेल र होम स्टेको व्यबस्था रहेको समेत जानकारी दिएको छ । महोत्सव अवलोकनका लागि टिकट २५ रुपैयाँ तोकिएको छ भने जेष्ठ नागरिकहरुले निशुल्क मेला अवलोकन गर्न सक्नेछन् ।

    यस्तै सांस्कृतिक भेषभुषाको संरक्षण गर्ने, कृषी कार्यक्रममा कृषकहरुको पहुँच वृद्धि गरि बजारको विस्तार गर्ने, कला तथा हस्तकलाको विकास तथा बजारीकरण र साँस्कृतिक कार्यक्रमहरुको पहुँच अभिवृद्धि गर्ने लगायतका लक्ष्य तथा उद्देश्यहरु राखिएका अध्यक्ष असिम गुरुङ्ले बताए । २५ लाख खर्च लाग्ने उक्त मेला बाट प्राप्त आम्दानीले गाउँमा एन्टी ड्रक्स सम्बन्धि सामाजिक चेतना मुलक कार्यक्रमको आयोजना गर्ने समेत अध्यक्ष गुरुङ्गले जानकारी दिए ।

    महोत्सवको मुख्य आकर्षणमा पुरुष तथा महिला भलिवल प्रतियोगीता, खुल्ला लोकदोहोरी गीत प्रतियोगीता, माछापुच्छ्रे गाँउपालिका अन्तर वडा झाँकी प्रतियोगीता, कृषी तथा हस्तकला प्रदर्शनी, छेलो प्रतियोगीता, रस्साकस्सी प्रतियोगीता, स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती र लाईभ कन्सर्ट लगायत रहेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.