• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सिन्डिकेट लद्न नपाए बैंकको ब्याज नतिर्ने यातायात ब्यवसायीको चेतावनी

  •      /४ बैशाख २०७५, मंगलवार ०६:०६ ,  प्रकाशीत
  • शूभेच्छा न्यूज

    पोखरा । यातायात व्यवसायीले सिन्डिकेट लाद्न नपाए बैंकको सवारी कर्जा नतिर्ने चेतावनी दिएका छन् । सोमबार गण्डकी–धौलागिरि अञ्चल सार्वजनिक यातायत व्यवसायी समन्वय समिति पोखराले आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरूले बैंकको ऋण नतिर्नेदेखि भाडा पनि आफूखुसी लिने चेतावनी दिएका छन् ।

    सो क्रममा उनीहरूले प्रदेश ४ को मुकाम पोखरामा यातायात व्यवस्थापन चौपट पार्ने चेतावनी पनि दिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमातहतका यातायात व्यवस्था विभागले जारी गरेको यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, ०७४ (संशोधित)को विरोधमा उनीहरूले यस्तो चेतावनी दिएका हुन् । सो क्रममा समितिका वरिष्ठ उपाध्यक्ष योगेन्द्र केसीले माफियाको जालमा परेर राज्यले निर्देशिका ल्याएको टिप्पणी गरे ।

    कार्यक्रममा नेपाल यातायात व्यवसायी महासंघले काठमाडौं र सातवटै प्रदेशमा पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने जानकारी दिइयो । पोखरा बस व्यवसायी समितिका सचिव अमृत तिमिल्सिनाले राज्यले कुनै सल्लाह र अध्ययनविना निर्देशिका ल्याएकाले त्यो मान्य नहुने धारणा राखे ।

    nayapatrica

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.