• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

चक्काजामको चेतावनी दिने यातायात व्यवसायीलाई सरकारको प्रहार : दर्ता र नवीकरण नगर्ने क्याबिनेटको निर्णय

  •      /४ बैशाख २०७५, मंगलवार १५:०४ ,  प्रकाशीत
  • काठमाडौँ : सरकारले यातायात क्षेत्रसँग सम्बन्धित संघ संस्थाको दर्ता र नवीकरण जिल्ला प्रशासन कार्यालयबाट नगर्ने/नगराउने निर्णय गरेको छ ।

    त्यस्ता संस्था संघ संस्था ऐन, २०३४ अनुसार दर्ता हुँदै आएकामा अब त्यो व्यवस्था रोकिने भएको छ। त्यस्ता संघ संस्थाले कम्पनी रजिस्टारको कार्यालय वा सम्बन्धित मन्त्रालयबाट दर्ता अनुमति लिनुपर्ने निर्णय आज बसेको मन्त्रिपरिषद्को बैठकले गरेको छ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सिन्डिकेट कायम राख्न वैशाख २० गते सार्वजनिक यातायात बन्दको घोषणा गर्दैगर्दा सरकार पनि कठोर रुपमा प्रस्तुत भएको हो।

    सरकारले सार्वजनिक यातायातमा हड्ताल निषेध गर्दै व्यवसायीले गाडी नचलाए नियन्त्रणमा लिएर सुरक्षा निकायले संचालन गर्ने भएको छ।

    महासंघले वैशाख २६ गतेदेखि भने अनिश्चितकालिन चक्काजामको घोषणा गरेका छन्।

    गृहसचिव प्रेमकुमार रार्इले सार्वजनिक यातायात अत्यावश्यक सेवा भएकाले हड्ताल गरेमा सुरक्षा निकायले गाडी नियन्त्रणमा लिएर चलाउने बताए।‘ हामीसँग जनपथ,सशस्त्र र सेनासँग चालकहरु छन्। यातायात व्यवसायीले हड्ताल गरे नियन्त्रणमा लिएर सुरक्षा निकायका चालकले चलाउँछन्। हामी सिन्डिकेट लाद्न खोज्ने व्यवसायीलार्इ समेत कारवाही गर्नेछौं,’ उनले भने।

    अत्यावश्यक सेवामा हड्ताल गर्नेलाई ६ महिनासम्म जेल सजाय र एक हजार रुपैयाँ दुबै कारवाही गर्न सक्ने प्रावधान छ। सरकारले अत्यावश्यक सेवा ऐन कार्यान्वयनमा ल्याउन राजपत्रमा प्रकाशित गरेर कारवाहीको प्रक्रिया अघि बढाउन सक्छ। सरकारले राजपत्रमा प्रकाशित गरेर हड्ताल निषेध गर्ने तयारी थालेको स्रोतले बतायो।

    उनले व्यवसायीको हड्तालको कार्यक्रमसँगै सिन्डिकेट तोड्न यातायात व्यवस्था विभागसँग सहकार्य थालिसकेको बताउँदै सरकार आफ्नो अडानबाट पछि नहट्ने बताए। यता यातायात व्यवस्था विभागले पनि सार्वजनिक यातायात रोके तत्कालै स्थानीय प्रशासनको सहयोगमा लगत संकलन गरेर रुट पर्मिट खारेज गर्ने भएको छ।

    विभागका महानिर्देशक रुपनारायण भट्टरार्इले सर्वसाधरणलार्इ समस्या हुने गरि चक्काजाम गरेमा तत्कालै रुट खारेज गरिदिने बताएका छन्। ‘हामी सर्वसाधरण यात्रुलार्इ समस्या पर्ने गरि गाडी रोके तत्काल रुट पर्मिट खारेज गरेर इच्छुक यातयात व्यवसायीलार्इ एकै दिनमा अस्थायी रुट इजाजत दिने गरि व्यवस्था गर्छौ र प्रक्रिया पुर्याएर आए स्थायी पनि दिन्छौ’उनले भने।

    सरकारले निर्देशिका जारी गर्दै कम्पनीमार्फत सार्वजनिक यातायात चलाउनुपर्ने,रुट इजाजतका लागि पञ्जीकरण गर्नुपर्ने,यातायात समिति असारदेखि नवीकरण नहुने सुधारका कार्यक्रम अघि बढाएपछि महासंघको अगुवार्इमा आन्दोलनको कार्यक्रम घोषणा हुँदैछ।

    source  . pahilopost

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.