• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रदेश नं. ४ का दुई विधेयक प्रमाणिकरण

  •      /६ बैशाख २०७५, बिहीबार १३:५१ ,  प्रकाशीत
  • पोखरा । प्रदेश नं. ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेश सभाले पारित गरेका दुई विधेयक प्रमाणिकरण गरेका छन् ।
    बैशाख ३ गते प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेलगत्तै प्रमुख कुँवरले ‘प्रदेश स्तरीय सार्वजनिक लिखत प्रमाणिकरण सम्बन्धी विधेयक’ प्रमाणिकरण गरि विधेयक प्रमाणिकरण गर्ने प्रक्रियासुरु गरेका थिए ।
    प्रदेश प्रमुख कुँवरले बुधबार‘प्रदेश सरकारको प्रदेश नं. ४ को आर्थिक कार्य्विधि नियमित तथा व्यवस्थित गर्न बनेको बिधेयक’ प्रमाणिकरण गरेको प्रदेश प्रमुखको कार्यालयले विहिबार प्रेस विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ ।
    प्रदेश सभा प्रदेश नं. ४ पोखराबाट पारित तथा सभामुखबाट प्रमाणित पाँच प्रति बिधेयक प्रदेश प्रमुख कुँवरले प्रमाणित गरेपछि एक प्रति प्रदेश प्रमुखको कार्यालयमा राखिएको छ भने आन्तरिक मामिला तथा कानुन मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, प्रदेश सभाको सचिवालय र संघिय कानून मन्त्रालयमा एक(एक प्रति पठाइएको कार्यालयले जनाएको छ ।
    प्रदेश सभाले पारित गरेका विधेयकहरु नेपालको संविधान धारा २०१ उपधारा (२) बमोजिम प्रदेश प्रमुखले प्रमाणिकरण गर्नुपर्ने व्यवस्था छ ।
    नेपालको संविधान धारा २०१ उपधारा (२) बमोजिम प्रदेश प्रमुखले पन्ध्र दिनभित्र प्रमाणीकरण गरि त्यसको सूचना यथासम्भव चाँडो प्रदेश सभालाई दिने व्यवस्था भए पनि प्रदेश प्रमुख कुँवरले विधेयक पाएलगत्तै प्रमाणिकरण गरिदिएर प्रदेश सरकारलाई कानून बनाउन सजिलो गरिदिएका छन् ।प्रदेश प्रमुखबाट प्रमाणिकरण भएपछि विधेयक ऐन बन्छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.