• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लायन्सको छैटौं अधिवेशन शुक्रबारदेखि पोखराको सभागृहमा हुँदै,सेकेन्ड भाईस गभर्नरमा रोका र बज्राचार्यबीच प्रतिशपर्धा हुने

  •      /६ बैशाख २०७५, बिहीबार १५:०१ ,  प्रकाशीत
  • पोखरा , ६ बैशाख:

    लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको छैटौं अधिवेशन आज शुक्रबारदेखि पोखराको सभागृहमा शुरु हुँदैछ। अधिवेशनको संपूर्ण तयारी पूरा भएको गभर्नर लायन धनराज आचार्यले पत्रकार सम्मेलनमार्फत जानकारी दिए।

    अधिवेशनको कार्यक्रम अनुसार शुक्रबार दिउँसो साँढे बा¥ह बजेदेखि स्वागत, किट वितरण कार्यक्रम र साँढे दुई बजे अधिवेशनको उद्घाटन हुने कार्यक्रम छ। पर्यटन तथा नागरिक उडड्यनमन्त्री रबिन्द्र अधिकारीले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ।

    शुक्रबारै पहिलो प्लेनरी बेलुकी साँढे सातबजे बिज्नेस बैठक चल्ने बताइएको छ। शनिबार विहान पोखराको प्रदर्शनीकेन्द्रमा भेला भई क्लबहरुको उत्कृष्ठ ब्यानरहरु सहित परेड शुरु भई पोखरा सभागृहमा बिशेष स्वागत कार्यक्रमको आयोजना गर्नुका साथै दोस्रो प्लेनरी अर्थात निर्वाचन कार्यक्रम हुनेछ।

    अधिवेशनको विशेष अतिथि लयन्स क्लब अन्तराष्ट्रियका अन्तराष्ट्रिय निर्देशक अरुणा अभि ओसवाल रहनेछिन्। दृष्टिविहिन क्षेत्रमा नेपालमै उत्कृष्ठ योगदान पु¥याउन सफल सृष्टि के.सी., एलसी किनोट स्पिकरको रुपमा रहनेछिन्।

    एलसीआइएफ एरिया लिडर एवम् मल्टिपल काउन्सिल चियरपर्सन लायन बालकृष्ण बुर्लाकोटी, जीएमटी एरिया लिडर लायन खगेन्द्र सिटौला लगायतको उपस्थिति रहनेछ।

    नेपालभित्र रहेका अन्य तीनवटै डिष्ट्रिक्टका डिष्ट्रिक्ट गभर्नरहरुका साथै ३२५ बी वान डिष्ट्रिक्ट अन्तरगतका डिष्ट्रिक्ट पदाधिकारीहरु, संपूर्ण लायन र लियो क्लबहरुका सदस्यहरुको विशेष उपस्थिति रहने बताइएको छ। शनिबारै मत परिणाम अनुसार लायन बर्ष २०१८÷०१९ का लागि लायन तथा लियोको नतिजा घोषणा गरिने कार्यक्रम छ।

    ३ सय ३३ लायन्स क्लब र १० हजार ५ सय १४ सदस्य संख्या रहेको ३२५ बी वान डिष्ट्रिक्टको बर्ष २०१८÷०१९ का लागि योग्य मतदाता ७ सय ३२ छन्। डिष्ट्रिक्ट गभर्नर एक, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर एक र द्वितिय भाइस डिष्ट्रिक्ट गभर्नरका लागि एक पदमा निर्वाचन गर्ने व्यवस्था छ।

    डिष्ट्रिक्ट गभर्नरका लागि हालका द्वितिय भाइस डिष्ट्रिक्ट गभर्नर लायन अशोककुमार श्रेष्ठ र प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरका लागि हालका द्वितिय भाइस डिष्ट्रिक्ट गभर्नर लायन ईन्दू लम्सालले ‘यस भोट’ लिनुपर्ने छ। लायन्स अन्तराष्ट्रिय बिधान अनुसार द्वितिय भाइस डिष्ट्रिक्ट गभर्नर लायन लम्सालले उमेद्वारी दिनका लागि दर्ता गराएकी छन् भने द्वितिय भाइस डिष्ट्रिक्ट गभर्नरका लागि लायन मनबहादुर रोका र मणिश्रीरत्न बज्राचार्यले उमेदवारी दिएका छन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.