• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लेनिन जयन्तिमा लेनिनकै तस्विर छुटेपछि कार्यक्रम स्थलमै नारावाजी

  •      /९ बैशाख २०७५, आईतवार ०८:२२ ,  प्रकाशीत
  • काठमाडौं । लेनिन जयन्तीका अवसरमा आयोजित कार्यक्रमको ब्यानरमा लेनिनकै तस्बिर नभएको भन्दै माओवादी केन्द्र तथा एमालेका कार्यकर्ताले नाराबाजी गरेका छन् । राष्ट्रिय सभामा आइतबार आयोजित नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस तथा लेनिन जयन्ती कार्यक्रम सुरु हुनुअघि नै कार्यकर्ताले हुटिङ गरिरहेका छन् ।

    विश्व सर्वहारा वर्गका नेता भ्लादिमिर इल्चिच लेनिनको १४८ औैंँ जन्मजयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ६९ औंँ स्थापना दिवसका अवसरमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको ब्यानरमा केपी ओली, प्रचण्ड, पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको तस्बिर राखिएको छ । कार्यकर्ताको हुटिङका कारण कार्यक्रम बिथोलिएको छ ।

    कार्यकर्ताले नाराबाजी गरेपछि माअोवादी नेता वर्षामान पुनले गल्ती भएको भए सच्याउने भन्दै संयम रहन अाग्रह गरेका थिए । कार्यकर्ताको विराेधपछि ब्यानर हटाइएकाे थियाे ।

    अनेरास्ववियूका कार्यकर्ता एेन महरले मञ्चमै गएर व्यानर नल्याएसम्म कार्यक्रम नै हुन नदिने र कार्यक्रममा नबस्ने बताएपछि ब्यानर निकालिएकाे थियाे । “हामी एकताको विरोधी होइनौँ, तर एकता समितिमा छलफल नगरी ब्यानर किन बनाइयो ? उनले भने । एमालेका कार्यकर्ता केही संयमित देखिए पनि माओवादीका कार्यकर्ता बढी उत्तेजक भएका थिए ।

    एमाले नेता कृष्णगोपाल श्रेष्ठले यस्ता सानातिना कुराले कम्युनिस्टले एकता नरोकिने बताए । १ बजे शुरु हुने बताए पनि कार्यक्रममा ओली प्रचण्ड आइपुगेका छैनन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.