• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

समता अस्पताले स्वास्थ्यसंग सम्वन्धित सवै प्रविधिक बिषय १ सयमै पढाउदै

  •      /१० बैशाख २०७५, सोमबार १०:४० ,  प्रकाशीत
  • काठमाडौं । तपाईले नर्स, अहेव, ल्यावटेक्निसिएन र एचए पढ्न लाखौ रुपैयाँ खर्च गर्नुपरेको छ । शुल्क महंगो भएर अध्ययन गर्न पाउनु भएको छैन ? अब चिन्ता नलिनुस् समता अस्पतालले तपाइको इच्छा पुरा गर्ने छ । समताले १ सय रुपैयाँमा नर्स, अहेव, एचए र ल्यावटेक्निसियनको अध्ययन गराउने भएको छ । यसका लागि अस्पतालले काम शुरु गरेको छ । यही वर्षदेखि सञ्चालनमा ल्याउने तयारी समताको छ ।

    यसबाट न्युन आय भएका व्यक्तिले पनि नर्स, अहेव, ल्यावटेक्निसिएन र एचए विषय पढ्न पाउने भएका हुन् । अस्पतालले भर्ना फि लगायत गरी सबै कोर्शका लागि १ सय रुपैयाँ तिरेपछि पठ्न पाइने छ । एक पटक १ सय रुपैयाँ तिरेपछि विद्यार्थीले थप शुल्क तिर्नुपर्दैन ।

    अहिले नर्स पढ्नका न्युनतम ४ देखि ७ लाख रुपैयाँसम्म खर्च लाग्छ । यस्तै अहेव, ल्यावटेक्नीसिएन र एचए पढ्न पनि लाखौ रुपैयाँ खर्च गर्नुपर्छ । यसले गर्दा यी विषयमा कम आय भएका व्यक्तिको पंहुच बाहिर रहेको छ । समताले अध्ययन शुरु गरेपछि गरिवको पंहुच यी विषयमा हुने छ ।

    पैसा भएकाले मात्र पढ्न पाएकोमा अब समताले १ सय रुपैयाँमा पुरै कोर्स अध्यन गर्न सकिने छ । यो वर्षदेखि १ सय रुपैयाँमा कक्षा शुरु गर्ने तयारी समताले थालेको छ । हाल अस्पताल मात्र सञ्चालन गरिरहेको समताले अब १ सय रुपैयाँमा स्वास्थ्यकर्मी उत्पादन गर्न लागेको हो ।

    सरकार नर्स, अहेव कक्षा सञ्चालनका लागि सरकारसंग अनुमति मागेको छ । सरकारले यो वर्षभित्र सञ्चालन गर्न अनुमति दिने प्रतिवद्धता जनाएको समता अस्पताल सञ्चालक उत्तम सञ्जेलले बताए । असपतालले पहिलो चरणमा नर्स, अहेव, ल्यावटेक्निसियन र एचएका लागि ४०÷४० जना भर्ना लिने भएको छ ।

    न्युनआय भएका व्यक्तिहरु धेरै पैसा नभएको कारणले अस्पताल जान डराउँछन् । शरीरमा रोग पालेर बस्ने गर्छन् । बिरामीलाई यस्तो अवस्थाबाट मुक्त गर्न यो अस्पताल खोलिएको हो । बाँसबाट बनाईएको अस्पताल, बाहिरबाट हेर्दा कुनै कटेज चिटिक्क देखिन्छ । होलबडी चेकअप गराउन १ हजार ५०० शुल्क लिएको छ ।

    आफुलाई लागेको रोगको जानकारी बाहिरको काउन्टरमा बस्ने व्यक्तिले तपाईको रोग अनुसारको डाक्टरको नाम सिफारिस गर्छन् र तपाईको हातमा एउटा पूर्जी थमाउँछन् ।अस्पतालमा जनरल फिजिसियन, बाल, नशा तथा हाडजोर्नी, स्त्री, मुट, छाला तथा यौन, रोगका २५ जना विशेषज्ञ डाक्टर उपलव्ध छन् ।

    बिरामीले प्याथोलोजी सेवा लिनु परे या ईसीजी वा अल्ट्रासाउन्ड गर्नुपरे थप शुल्क तिर्नु पर्दैन । अझ ज्येष्ठ नागरिक परिचयपत्र भएका बिरामीलाई त अस्पतालले निःशुल्क उपचारको व्यवस्था गरेको छ । अपाङ्ग तथा महिलाको लागि पनि अबस्था हेरेर अस्पतालले शुल्कमा छुट दिँदै आएको छ ।

    आर्थिक अवस्था कमजोर भएका आम नगरिकहरु दिन दिनै पैसाको चिन्ताले झनै बिरामी भहिरहेका छन् । तर अब यस्तो अवस्थाबाट मुक्त गर्न अस्पताल खोलिएको अस्पतालका संस्थापक उत्तम संजेल बताउँछन् ।

    अस्पताल सञ्चालनमा आएको १ वर्ष भएको छ । १ वर्षमा यस अस्पतालले ३० हजार बिरामीलाई उपचार गरी सकेको साथै दैनिक करिब २ सय जना बिरामीले यस अस्पतालबाट सेवा लिईरहेका छन् ।

    bikash news

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.