• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्वतवासीको सुझाब ४ नम्वर प्रदेशको नाम हिमालय, गण्डकी वा मुक्तिक्षेत्र राख

  •      /११ बैशाख २०७५, मंगलवार ०८:३६ ,  प्रकाशीत
  • पर्वत – प्रदेश नं ४ को नाम गण्डकी, धौलागिरि वा मुक्ति क्षेत्र राख्न पर्वतका सरोकारवालाले सुझाव दिएका छन् ।सोमबार भएको एक कार्यक्रममा उनीहरुले प्रदेशसभा सदस्यसँग ११ वटै जिल्लाको पहिचान हुने गरी प्रदेशको नाम राख्नुपर्ने सुझाव दिएका हुन् । पर्वतमा विशेष गरी हिमालय, गण्डकी वा कालीगण्डकी, र मुक्ति क्षेत्रको नाम प्रस्ताव गरिएको छ । यसबाहेक धौलागिरि, शालिग्राम, कृष्णगण्डकी, वा मध्य प्रदेश राख्न समेत सरोकारवालाको सुझाव रहेको छ ।

    प्रदेश नम्बर ४ का अधिकांश जिल्ला हिमाली भेगसँग जोडिएको र अग्ला हिमशृंखला यस क्षेत्रको पहिचान भएकाले हिमाल प्रदेशनै सबैको साझा नाम हुने सुझाव सरोकारवालाले दिएका छन् ।

    त्यसैगरी, नेपालकै लामा र ठूला नदी पनि यस प्रदेशमा पर्ने भएकाले गण्डकी प्रदेश राख्न पनि सकिने उनीहरुको तर्क छ । नेपालमै पवित्र मानिएको कालीगण्डकी नदी, जहाँ शालिग्राम शिलासमेत पाइन्छ, त्यस्तै सेती गण्डकी लगायतका नदी रहेको स्थान र यसभन्दा अघि तत्कालीन माओवादीले गण्डक प्रदेशसमेत नामाकरण गरिसकेकाले गण्डक प्रदेश राख्न सकिने पनि सुझाव आएको छ ।

    त्यस्तै, प्रदेश नम्बर ४ को मुख्य पर्यटकीय क्षेत्र राउण्ड अन्नपूर्णमध्येको पनि मुक्तिनाथ सबैभन्दा परिचित धार्मिकस्थल भएकाले मुक्तिक्षेत्र राख्नुपर्ने सुझावसमेत दिइएको छ ।

    हिन्दूको आस्थाको धरोहरसमेत मानिएको र विश्वमै परिचित धार्मिक एवं पर्यटकीयस्थल भएकाले मुक्ति क्षेत्रको नामबाट प्रदेशको नामाकरण गर्नु उचित हुने नामसमेत आएको छ ।

    यसबाहेक भगवान् विष्णुको अवतार मानिने विश्वकै ठूलो शालिग्राम शिला रहेको प्रदेश र कालीगण्डकी नदीमा मात्र पाइने भएकाले शालिग्राम प्रदेश राख्दा पनि सबैको लागि साझा नाम हुने प्रस्ताव गरिएको छ । त्यस्तै, दामोदरकुण्डदेखि तराईका जिल्लासम्म पुगेको कालीगण्डकी जुन कृष्णगण्डकी नामले पनि परिचित छ, यो नाम राख्न पनि सकिने सुझाव सहभागीले दिएका छन् । उनीहरुले प्रदेश राजधानी भने पोखरामै उपयुक्त हुने सुझाव दिएका थिए ।

    सुझाव संकलन कार्यक्रममा सहभागी राजनीतिक दलहरुले हिमालय, कालीगण्डकी÷गण्डकी वा मुक्तिक्षेत्रलाई नै जोड दिएका छन् । नेकपा ९एमाले०का जिल्ला उपाध्यक्ष भक्त कुँवर, नेपाली काँग्रेसका सभापति खिमप्रसाद भुसाल, नेकपा ९माओवादी केन्द्र०का शंकर गिरी, नयाँ शक्तिका यामबहादुर चोचाङ्गी पुनलगायतले मुख्य गरी हिमालय, कालीगण्डकी÷गण्डकी वा मुक्ति क्षेत्र राख्दा ११ वटै जिल्लाका लागि साझा नाम हुने सुझाव दिएका थिए ।

    त्यस्तै, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, स्थानीय तहका प्रमुखले पनि जुन नाम राख्दा सबैको पहिचान झल्किन्छ र सबैले अपनत्व बोध हुन्छ त्यस्तो खालको नाम राख्नुपर्ने बताएका छन् । उनीहरुले गण्डकी, मुक्तिक्षेत्र वा हिमालय राख्दानै उपयुक्त हुने पनि बताए ।

    पर्वतमा सुझाव संकलनका लागि प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढा, सावित्री राना र जुनादेवी नेपालीसहितको कर्मचारीको टोली खटिएको हो । पर्वतमा आएका सुझावलाई प्रदेशसभामा लैजाने र सकेसम्म यस क्षेत्रबाट गएका नामकै आधारमा नामाकरण गर्नका लागि पहल गर्ने सांसदले बताए ।

    कार्यक्रममा जिल्लास्थित स्थानीय तहका प्रमुख÷उपप्रमुख र प्रशासकीय अधिकृत, सरकारी कार्यालयका प्रमुख, राजनीतिक दल, गैरसरकारी संस्थालगायत सरोकारवालाको उपस्थिति गराइएको थियो ।
    सो अवसरमा प्रतिनिधिसभा सदस्य लालकाजी गुरुङले धेरै व्यक्तिका फरकफरक खालका सोचका आधारमा सुझाव दिनुभन्दा पनि एउटै साझा नाम मानेर पठाउँदा राम्रो हुने सुझाव दिएका थिए । उनले जुन नाम ११ वटै जिल्लाका नागरिकका लागि उपयुक्त हुन्छ त्यस्तो नामबाट नामाकरण हुनुपर्ने सुझावसमेत दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.