नेपालीको प्रतिव्यक्ति आय १ हजार डलर नाघ्यो, ५.८ प्रतिशतको आर्थिक वृद्धि
/१२ बैशाख २०७५, बुधबार १०:१३ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा। नेपालको प्रतिव्यक्ति आय १ हजार अमेरिकी डलर नाघेको छ। तथ्याङ्क विभागका अनुसार प्रतिव्यक्ति आय १ हजार ४ अमेरिकी डलर पुगेको छ। यसको अर्थ औसतमा एक व्यक्तिले वार्षिक करिब १ लाख ६ हजार रुपैयाँ (डलरसँगको बिनिमयदर १०५.५ अनुसार) आम्दानी गर्दछ।गत वर्ष यो आम्दानी ८६२ अमेरिकी डलर थियो। एक वर्षमा प्रतिव्यक्ति आय १४२ डलरले बढेको छ।
यसैबीच विभागले चालु आर्थिक वर्षमा ५ दशमलव ८९ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने जनाएको छ। यसअघि सरकारले मध्यावधि समीक्षामार्फत आर्थिक वृद्धिदर ६ प्रतिशत हुने जनाएको थियो। तर यसमा एसियाली विकास बैंक र विश्व बैंकको फरक फरक अनुमान छ।
एसियाली विकास बैंकले ४ दशमलव ९ प्रतिशत तथा विश्व बैंकले ४ दशमलव ६ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरेका छन्। सरकारले बजेट वक्तव्यमार्फत ७ दशमलव २ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको थियो। गत वर्ष भने ७. ३ प्रतिशतको आर्थिक वृद्धि हासिल भएको छ।
कृषि क्षेत्रभन्दा गैरकृषितर्फको वृद्धिदर बढेको विभागले जनाएको छ। विभागका अनुसार कृषि क्षेत्रमा २. ८ प्रतिशतको वृद्धि तथा गैरकृषि क्षेत्रमा ७. १ प्रतिशतको वृद्धि हुनेछ।

Related