राष्ट्रिय परिक्षा बोर्डले लिने कक्षा ११ र १२ को परिक्षाको सम्पूर्ण तयारी पूरा
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज
पोखरा । राष्ट्रिय परीक्षा बोर्डले शुक्रवार देखि सुरु गर्ने कक्षा ११ र १२ को परीक्षाको प्रदेश नम्वर ४ मा सम्पुर्ण तयारी पुराएको छ । राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय पोखराले मंगलबार पत्रकार सम्मेलन गरि सम्पुर्ण तयारी पुराभएको जानकारी दिएको हो ।
प्रदेश ४ का १० जिल्ला हेर्दै आएको कार्यालयले परीक्षाका लागि आवश्यक सामग्री सम्पुर्ण केन्द्रमा पुराई सकेको राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय पोखरा निमित्त प्रमुख हरिशरण वाग्लेले जानकारी दिए । उनले यस क्षेत्रमा १ सय ६ केन्द्रबाट ९४ हजार ४७ जना विद्यार्थीहरु परीक्षामा सहभागी हुने बताए । वाग्लेले प्रति २० विद्यार्थी बराबर १ जना निरीक्षक रहने व्यवस्था मिलाएको उल्लेख गरे ।
अघिल्लो वर्ष यस क्षेत्रबाट कक्षा ११ र १२ मा ८१ हजार ३२ जना विद्यार्थी परीक्षामा सामेल भएकोमा यस वर्ष ९४ हजार ४७ विद्यार्थी सामेल हुने जानकारी बोर्डकोशाखा कार्यलयले दिएको छ।
वाग्लेका अनुसार यस वर्ष सबै भन्दा बढि विद्यार्थी कास्कीबाट ३३ हजार ६ सय ७१ र सबै भन्दा कम मनाङबाट १ सय ७६ जना विद्यार्थी परीक्षमा सामेल हुदै छन्।
बोर्डले कक्षा १२ को परिक्षा वैशाख १४ गते देखी २७ गते सम्म सञ्चालन गर्दै छ भने कक्षा ११ को वैशाख ३० गते देखी जेठ ९ गते सम्म सञ्चालन हुनेछ । कक्षा १२ मा ४१ हजार १ सय ७८ र कक्षा ११ मा ५२ हजार ८ सय ६९ जना विद्यार्थी परिक्षामा सहभागी हुदै छन् । त्यसै गरि देश भरबाट ९ लाख ६५ हजार १ सय ३७ जना सहभागी हुदैछन् ।
Related