कास्की । प्रदेश नं ४ का सांसदहरुले आगामी बजेटमा सांसद विकास कोषको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।विहीवार आर्थिक तथा योजना मन्त्री किरण गुरुङले संसदमा पेश गरेको विनियोजन विद्येयक २०७५ को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै सांसदहरुले ५० लाख रुपैयाको दरले बजेट विनियोजन गर्न माग गरेका हुन् ।
काँग्रस नवलपरासी पूर्वबाट निर्वाचित प्रदेश सांसद कृष्णचन्द्र नेपालीले जनप्रतिनिधिवाट विकास कार्यक्रम संचालन गर्न सांसद विकास कोषको व्यवस्था गर्न माग गरे। ‘निर्वाचित जन प्रतिनिधिबाट बिकास कार्यक्रम सञ्चलन गर्न सांसद विकास कोष बनाउन आवस्यक छ’ उनले भने। ‘यस तर्फ तत्काल सरकारको ध्यान जानुपर्छ।’
त्यसैगरी तनहूँबाट निर्वाचित काँग्रसकै सांसद दोवाटे विश्वकर्माले पनि आउने बजेटमा प्रत्येक सांसदलाई ५० लाखको दरले बजेट विनियोजन गर्नुपर्ने माग गरेका थिए। ‘बिकास निर्माण र पूर्वाधार निर्माणको लागि सांसदहरुलाई ५० लाख भएपनि बजेटको ब्यवस्था गर्नुपर्छ’ उनले भने।
त्यसैगरी छलफलमा भाग लिएका माओवादी केन्द्रका आशा कोईराला खनालदेखि एमाले लगायतका अधिकांस सांसदहरुले ५० लाखको माग गरेका थिए।

Related