• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

३३ केजी सुन काण्ड : तीन प्रहरी अधिकारी निलम्बित

  •      /१३ बैशाख २०७५, बिहीबार १६:२७ ,  प्रकाशीत
  • काठमाडौँ : ३३ केजी सुन काण्डमा मुछिएका तीन प्रहरी निलम्बनमा परेका छन्।प्रहरी प्रधान कार्यालयले एसपी विकास खनाल, डिएसपी सञ्जय राउत र सई बालकृष्ण सञ्जेललाई निलम्बन गरेको हो।

    प्रवक्ता मनोज न्यौपानेले उनीहरु निलम्बित भएको पुष्टि गरे। तीनै जनालाई कर्तव्य ज्यान तथा संगठित अपराध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ।

    अनुसन्धानको क्रममा बयान दिँदादिँदै सम्पर्कबिहीन भएका इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत डिएसपी सञ्जय राउत बिहीबार बिहानमात्र सम्पर्कमा आएका थिए।

    राउत बिहीबार बिहान महानगरीय प्रहरी बृत सिंहदरबारको सम्पर्कमा आएका हुन्। डिएसपी राउतलाई बयानको लागि गृह मन्त्रालयमा बुझाइएको प्रहरी स्रोतले जनाएको छ।

    मंगलबार साँझ मकवानपुर जिल्लाका प्रहरी प्रमुखका रुपमा कार्यरत एसपी खनाललाई नियन्त्रणमा लिइएको थियो।

    सई सञ्जेल भने महानगरीय अपराध अनुसन्धान महाशाखाका हुन् जसले ३३ केजी सुन प्रकरणको पहिले अनुसन्धान गरिरहेको थियो।

    माघको पहिलो साता त्रिभुवन विमानस्थल हुँदै बाहिरिएको ३३ केजी सुन काण्डसँगै तीन जनाको शंकास्पद मृत्युले यो प्रकरण धेरै रहस्यमय बन्दै गएको छ। प्रहरीका उच्च अधिकारी नै छानबिनको दायरामा आएको यो घटनाको अनुसन्धान अहिले सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले गरिरहेको छ।pahilopost

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.