• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

उद्योग दर्ताको झण्झटिलो प्रक्रिया अन्त्य हुन्छः मन्त्री लम्साल

  •      /१५ बैशाख २०७५, शनिबार ११:४१ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा ।प्रदेश नं. ४ का उद्योग, पर्यटन, वन तथा बाताबरण मन्त्री बिकास लम्सालले प्रदेश अन्तर्गतका सवै स्थानीय तहमा उद्योग ग्राम सञ्चालनमा ल्याउने बताएका छन् ।  पर्वतमा आयोजित एक कार्यक्रमका अवसरमा मन्त्री लम्सालले प्रदेश नं. ४ अन्तर्गतका महानगरपालिका सहित नगरपालिका, गाउँपालिका लगायतका सवै स्थानीय तहमा उद्योग ग्रामको विकास गर्ने बताएका हुन् ।
    जनक माध्यमिक बिद्यालय कुश्मा नगरपालिका पिपलटारीकोे ५९ औ वार्षिकोत्सब , अभिभावक  दिवस तथा पुरस्कार वितरण  समारोहमा बोल्दै लम्सालले मुलुकको युवा जनशक्ति रोजगारको शिलशिलामा विदेशीन बाध्य भएको तथ्य औल्याउँदै युवाहरुलाई स्थानीय स्तरमा नै उद्योग मार्फत रोजगार सिर्जना गरेर गाउँमा नै रमाउने बनाउने अवधारणा प्रदेश सरकारले लिएको बताए ।
    विगतमा उद्योग दर्ता प्रक्रियाको जटिलता र झण्झटिलो अवस्थालाई समेत निराकरण गरी उद्योग सञ्चालन गर्न चाहने जो सुकैलाई पनि सरकारले सहज रुपमा उद्योग दर्ता गराउने व्यवस्था मिलाउने उनले बताए ‘उद्योग दर्ता गरेर रोजगारीको अवसर सिर्जनागर्न खोज्ने जो कोहीलाई पनि उद्योग ग्राम अन्तर्गत उद्योग सञ्चालन गर्न सहज वातावरण तय गर्ने हाम्रो अठोट छ’ उनले भने ‘अब प्रदेश ४ का ८५ स्थानीय तहमा एक तह एक उद्योग ग्राम (गाउँ) को विकास गर्ने छौँ’ त्यसका लागि सरकारले उपयुक्त जग्गा अधिकरण गरेर उद्योग सञ्चालन गर्न चाहनेलाई लिजमा उपलब्ध गराउने नीति निर्माण गरिएको समेत उनले बताए ।

    उनले स्रोत साधन र पर्याप्तताको आधारमा पारदर्शी रुपमा प्रदेश सरकारले घोषणा गरेका योजना कार्यान्वयन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । मन्त्री लम्सालले राष्ट्रिय गौरवका आयोजना बाहेकका अन्य आयोजना प्रदेश सरकारले हेर्ने भन्दै यसक्षेत्रको विकास र समृद्धिका लागि अहोरात्र लागिरहने बताए । शिक्षा , स्वास्थ्य, खानेपानी तथा रोजगारीको क्षेत्रमा यो ५ वर्षको अवधिमा जनताले महसुस गर्ने गरि काम गरेर देखाउने प्रतिबद्धता ब्यक्त गर्दै बन्द हुनलागेका उद्योग कलकारखानालाइ पुनर्जीवन दिई प्रशस्तै रोजगारिका अवसर सिर्जना गर्ने समेत उनले वताए ।
    सोही कार्यक्रमका अवसरमा मन्त्री लम्सालले जनक माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर विकास सँगै भौतिक विकासका लागि ५ लाख सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । सोही अवसरमा उनले थुम भजन मण्डली लाई सांस्कृतिक सामाग्री प्रदान गरेका थीए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.