• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा सम्पन्न ट्राइयथलनमा मनिचन्द्र र समिराले जिते स्वर्ण

  •      /१५ बैशाख २०७५, शनिबार १२:०८ ,  प्रकाशीत
  • ६ महिनामा २५ हजार दर्शक क्षमताको रंगशाला बन्छ–सदस्य सचिव
    पोखरा । भारतिय खेलाडी मनिचन्द्र सिंह र समिरा मारिहाम अब्राहमले छैटौ दक्षिण एशियाली ट्राईयाथलन च्याम्पियनसिपमा प्रथम स्थान हात पार्दै स्वर्ण पदक जित्न सफल भएका छन् ।
    ट्राईयाथलन अन्तरगतको स्प्रिन्ट विधाको पौडी ७५० मिटर, साईक्लिङ्ग १० कि.मि. र दौड ५ कि.मि.को दूरी मनिचन्द्रले ५८ मिनट २ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारेका हुन् । भारतकै बिश्वरजित साईखाम ५९ मि. ५७ सेकेन्डका साथ रजत र नेपालका बशन्त चौधरीले १ घण्टा १ मिनट २ सेकेन्डका साथ कास्य पदक हात पारे । महिला तर्फ उक्त दूरी समिराले १ घण्टा ४ मिनट ५० सेकेण्डमा पुरा गरिन् । दोश्रो भएकी भारतकै प्रग्न्या मोहनले १ घण्टा ८ मिनट र ४२ सेकेन्ड र तेश्रो भएकी नेपाली खेलाडी सोनी गुरुङ्गले १ घण्टा १३ मिनट ८ सेकेण्डमा पुरा गरिन् ।
    प्रतियोगिताको खुला पुरुष तर्फ पनि तिनै खेलाडीहरुले मनिचन्द्रले स्वर्ण, बिश्वरजितले रजत र बशन्त चौधरीले कास्य पाए । महिला तर्फ स्पेनकी इश्वराले स्वर्ण हात पारिन् । उनले उक्त दूरी १ घण्टा ३ मिनट ३४ सेकेण्डमा पुरा गरिन् । दोश्रो स्थानमा भारतकी समिरा र तेश्रो स्थानमा प्रग्नया रहे ।
    नेपाल पर्वतीय खेलकुद अन्तरगत भएको प्रतियोगिताको ८ औं राष्ट्रिय ट्राईयाथलन प्रतियोगिता तर्फ पुरुषमा नेपाली सेनाले बर्चस्व बनायो । सेनाका बशन्त चौधरीले १ घण्टा १ मिनट २ सेकेन्डका साथ स्वर्ण हात पार्दा दिपेश चौधरीले १ घण्टा १ मिनट १८ सेकेण्डका साथ रजत र रुद्र कटुवालले १ घण्टा ४ मिनट ४३ सेकेण्डका साथ कास्य पाए । महिला तर्फ एपिएफकी सोनी गुरुङ्गले १ घण्टा १३ मिनट ८ सेकेण्डका साथ स्वर्ण, गोहाटीमा सम्पन्न दक्षिण एशियाली खेलकुदमा ब्यक्तिगत तर्फ कास्य र टिम स्पर्धामा रजत पदक प्राप्त काठमाण्डौकी रोजा के.सी.ले १ घण्टा १७ मिनट ३३ सेकेण्डका साथ रजत र सेनाकी यामकुमारी भुजेलले १ घण्टा २४ मिनट १ सेकेण्डका साथ कास्य पाईन् ।
    पोखराको रमणीय स्थल लेक साईडमा भएको प्रतियोगिताको ५ कि.मि. दौड २० कि.मि. साईक्लिङ्ग र २.५ कि.मि. दौड सेनाका मानबहादुर थापाले जिते । उनले उक्त दूरी ५४ मिनट १७ सेकेण्डमा पुरा गर्दै स्वर्ण हात पार्न सफल भए । एपिएफका किरण मल्लले ५५ मिनट ३९ सेकेण्ड र लक्ष्मण मल्लले ५५ मिनट ५३ सेकेण्डमा पुरा गर्दै रजत र कास्य पाए । महिला तर्फ दुइ खेलाडीको मात्र प्रतिस्पर्धा भएकोमा एपिएफकी हुमा बुढा मगरले आफ्नै क्लबकी प्रतिमा चौधरीलाई पछि पार्दै स्वर्ण हात पारिन् । हुमाले १ घण्टा १० मिनट ९ सेकेण्ड र प्रतिमाले १ घण्टा १५ मिनट २३ सेकेण्डमा दूरी पुरा गरे ।
    विजयी खेलाडीहरुलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले मेडल तथा प्रमाण पत्र प्रदान गरे । यस अघि प्रतियोगिताको चार नं क्षेत्रका साँसद तथा नेपाल ट्राईयाथलन संघका उपाध्यक्ष दीपक कोईराला र कास्की जिल्लाका सिडियोले उद्घाटन गरेका थिए ।
    यस अघि पोखरामा छैटौं पर्वतिय खेलमहोत्सबको उद्घाटन गर्दै युबा तथा खेलकुद मन्त्रि जगत विश्वकर्माले मुलुकको आर्थिक समृद्धीका लागि खेलकुदको बिकास अपरिहार्य रहेको बताएका छन । मुलुकको पर्यटन पवद्र्धन संगै आर्थिक समृद्धी हासिल गर्न धेरै सम्भावना र अवसरहरु रहेको तर्फ इंगित गर्दै मन्त्रि विश्वकर्माले मन्त्रालयले पूर्वाधार बिकास तर्फ ध्यान दिने बताए ।
    सो अवसरमा राष्ट्रिय खेलकुद परिषदका सदस्य अबको नेपाल खेलकुदमा नयाँ योजनाका अघि बढने बताउँदै २०७५ साल नेपालको खेलकुदको स्वर्णकाल हुने बताए । उनले पोखराको फुटबल रंगशाला अबको ६ महिना भित्र काम सक्ने गरि सुरु हुने बताउँदै भने–“विश्वास गर्नुस नर्गनुस २५ हजार क्षमताको रंगशालाको काम ६ महिनामा सकिन्छ ।”
    २०७५ साल कात्र्तिक ११ देखि १५ गते सम्म पोखरामा वल्र्ड प्याराग्लाइडिङ वल्र्ड कप हुने जानकारी गराउँदै नेपाली खेलाडीहरु ढुक्क भएर खेल्ने वातावरण निर्माण गर्ने तर्फ परिषदले ध्यान दिने बताए ।
    कार्यक्रममा प्रदेश नं ४ का सांसद कृष्ण थापा, सांसद दिपक कोइराला, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष खगराज पौडेल, जिल्ला खेलकुद बिकास समितीका कार्यालय प्रमुख प्रकाश बराल लगाएतले बोलेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.