अन्नपुर्ण आधार शिविरदेखि घान्द्रुकसम्म म्याराथन हुने
/१६ बैशाख २०७५, आईतवार १५:५२ , प्रकाशीत
पोखरा । जुन ३ अर्थात अन्नपुर्ण दिवस पारेर अन्नपुर्ण सेन्चुरी पर्यटन महोत्सव मुल आयोजक समितिले ‘अन्नपुर्ण म्याराथन’ प्रतियिोगिता गर्ने तयारी गरेको छ । अन्नपुर्ण संरक्षण क्षेत्रको अन्नपुर्ण आधार शिविरदेखि घान्द्रुकसम्म ‘अन्नपुर्ण म्याराथन’ गरिने समितिका अध्यक्ष एवं संयोजक ललित गुरुङले जानकारी दिए ।
‘दौड ४१३० मिटर उचाईको आधार शिविरबाट शुरु हुन्छ’ आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको हो । म्याराथन घान्द्रुकमा पुगेर समापन हुने छ ।’ म्याराथनको लागि आवश्यक प्राविधिक अध्ययन समेत भईसकेको छ । भुतपुर्व खेलाडी मन्च नेपालका पुर्व अध्यक्ष खड्ग रानाभाटले प्राविधिक अध्ययन सकिएको जनाउँदै ट्रयाक(दौड रुट) एभरेष्टको भन्दा सहज भएको बताए ।
म्याराथनमा सहभागि खेलाडीहरुलाई नयाँपुलहुदैं घान्द्रुक र घान्द्रुकदेखि माथि आधार शिविरसम्म पुग्ने सम्पूर्ण खर्च स्थानीय आयोजकले नै व्यहोर्ने उनको भनाई थियो ।
सन २०११ मा अन्नपुर्ण म्याराथन आयोजना गरिएको थियो । तर त्यति प्रभावकारी नभएपछि सातवर्षपछि स्थानीय पर्यटन व्यवसायीको सहकार्यमा दोस्रो सस्करणको म्याराथन आयोजना गरिएको हो ।
अन्नपुर्ण आधार शिविरबाट शुरु हुने दौड माछापुच्छ«े आधारशिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, बुर्जुङ, चुँईले, टाडापानी, भैंसीखर्क हुदैं घान्द्रुकमा पुगेर टुंगिने छ ।
म्याराथनसँगै अन्नपुर्ण गाँउपालिक अन्तरवडास्तरीय भलिबल प्रतियोगिता, क्लबस्तरीय महिला भलिबल प्रतियोगिता र क्लबस्तरीय पुरुष बास्केटबल प्रतियोगिता समेत आयोजना गरिने छ ।
म्याराथन विजेता धावकले नगद १ लाखसहितको पुरस्कार थाप्ने छन् । दोस्रो स्थानमा आउने धावकले ७० हजार र तृतीय हुने धावकको पोल्टामा भने ५० हजार रुपैयाँ नगदराशी पर्ने छ । दशौं स्थानसम्म आउने धावकले पनि नगद पुरस्कार पाउने छन् । नगद पुरस्कारको प्रायोजन भने घान्द्रुक पर्यटन व्यवसायी समितिले गरेको छ । ‘म्याराथनको पुरस्कार राशी घान्द्रुकले प्रायोजन गरेको छ ।’ समितिका अध्यक्ष किशम गुरुङले भने ।
त्यस्तै अन्तर वडास्तरीय भलिबलले विजेताले ६० हजार, दोस्रोले ४० हजार नगद पाउने छ । महिला भलिबल विजेताको हकमा भने ८० हजार र उपविजेताले ५० हजार राशीको पुरस्कार पाउने छन् । बास्केटबल विजेता क्लबले ८० र उपविजेताले नगद ५० हजार रुपैयाँको पुरस्कार प्राप्त गर्ने छन् ।

Related