• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

परिसङ्घ अध्यक्ष शर्मा स्लोभानियाका अवैतनिक महावाणिज्यदूतमा नियुक्त

  •      /१७ बैशाख २०७५, सोमबार १५:३१ ,  प्रकाशीत
  • वैशाख १७, काठमाडौं (अस) । नेपाल उद्योग परिसङ्घ (सीएनआई)का अध्यक्ष हरिभक्त शर्मा नेपालका लागि स्लोभानियाका अवैतनिक महावाणिज्यदूत नियुक्त भएका छन् । शर्मा देउराली जनता फर्मास्युटिकल्सका निर्देशक पनि हुन् । काठमाडौंमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शर्मा महावाणिज्यदूतमा नियुक्त भएसँगै स्लोभानिया र नेपालबीच व्यापार तथा पर्यटन क्षेत्रमा व्यावसायिक सम्बन्ध विस्तारमा नयाँ आयाम थपिने अपेक्षा राखेको बताए । उनले दुई देशबीचको आर्थिक व्यापारिक सम्भाव्यता धेरै रहेकाले सम्भाव्यतालाई यथार्थमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए ।

    कार्यक्रममा नेपालका लागि स्लोभानियाका राजदूत जोजेफ ड्रोफेनिकले शर्माको नियुक्तिले दुई देशको सम्बन्ध थप प्रगाढ बन्ने बताए । उनले नेपालमा व्यावसायिक सम्बन्धका माध्यमबाट सहयोग आदानप्रदान गर्न सकिने बताए ।

    नवनियुक्त अवैतनिक महावाणिज्यदूत शर्माले पर्यटनको सम्भावना भएको युरोपेली मुलुक स्लोभानिया र नेपालबीच व्यापार, प्रविधि र पर्यटन क्षेत्रमा सहयोग आदानप्रदान गर्न सकिने धारणा राखे । उनले नेपालमा लगानीको सम्भावना रहेको बताउँदै स्लोभानियाको आर्थिक एवम् व्यावसायिक सम्बन्ध थप बढाउन र नेपालमा स्लोभानियाको लगानी भिœयाउन आवश्यक भएको बताए ।

    नेपालले स्लोभानियासँग सन् १९९७ बाट कूटनीतिक सम्बन्ध स्थापना गरेको भए पनि स्लोभानियासँगको आर्थिक एवम् व्यापारिक सम्बन्ध तुलनात्मक रूपमा अपेक्षित मात्रामा हुन सकेको थिएन । नेपालले स्लोभानियामा विशेषगरी हस्तकलाका सामान निर्यात गर्ने गर्छ भने त्यहाँबाट टेलिफोन तथा मोटरसाइकलका पार्टपुर्जा आयात गर्ने गरिएको छ । arthik abhiyan

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.