• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

३३ किलो सुन प्रकरण ः फेरि अर्का एसएसपी लोहनी पक्राउ परे

  •      /१९ बैशाख २०७५, बुधबार ०९:२४ ,  प्रकाशीत
  • काठमाडौं : चर्चित ३३ किलो सुन प्रकरणमा बयान दिन मोरङ पुगेका नेपाल प्रहरीका एसएसपी दिवेश लोहनी जिल्ला प्रहरी कार्यालय मोरङमा पक्राउ परेका छन्। बयानका लागि पुगेका लोहनीलाई पक्राउ पूर्जी थमाउँदै नियन्त्रणमा लिइएको हो।
    सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिले त्रिभुवन विमानस्थलबाट तस्करी हुँदै बाहिरिएको ३३ केजी सुन प्रकरणमा यसअघिसम्म ६ जना प्रहरी नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।
    फागुन १९ गते प्रहरीले मोरङ उर्लाबारी नगरपालिका ७ घर भएका ३५ वर्षीय सुन व्यापारी सनम शाक्यको शव फेला पारेसँगै सुन प्रकरणले नयाँ मोड लिएको थियो।
    ३३ केजी सुन प्रकरणको अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीमाथि नै शंका भएपछि गृह मन्त्रालयको निर्देशन बमोजिम प्रहरी प्रधान कार्यालय नक्सालले चैत २२ गते जिम्मेवारीबाट मुक्त भएको पत्र थमाएको थियो।
    उनीसँगै अनुसन्धानमा खटिएका डिएसपी प्रजित केसी र बालकृष्ण सञ्जेल पनि जिम्मेवारीमुक्त भएका छन्। डिएसपी केसी र सञ्जेललाई छानबिन समितिले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ। pahilopost

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.