• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

फलेबास नगरपालिकाका प्रमुख पौडेलले आफैले कर तिरेर सुभारम्भ गरे एकिकृत सम्पतिकर

  •      /१९ बैशाख २०७५, बुधबार १५:०८ ,  प्रकाशीत
  • पर्वत /पर्वतको फलेबास नगरपालिकाले बुधबार देखि एकिकृत सम्पति कर संकलन गर्न शुरु गरेको छ ।फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले आफ्नै वडा कार्यालयमा पुगेर कर तिरेर नगरपालिकाका सबै वडामा एकैपटक एकिकृत सम्पति कर संकलन गर्न सुरुवात गरेको हो । पछिल्लो पटक गठन भएका नगरपालिकाहरुमा एकिकृत सम्पतिकर लगाउने फलेबास पहिलो नगरपालिका हो ।
    फलेबास नगरपालिकाले ११ वटै वडा कार्यालयबाट एकिकृत सम्पतिकर संकलन गर्न सुरु गरेको हो । नगरभित्र रहेका ५ हजार ८ सय ८३ घर परिवारलाई नै करको दायरमा ल्याउँने गरि अभियान शुरु भएको नगरपालिकाले जनाएको छ । प्रमुख शर्माले फलेबास नगरपालिका वडा नं १ को कार्यालयमा आफ्ना पिता संगै पुगेर कर तिरेका थिए भने सोही वडामा वडा अध्यक्ष बाबुराम शर्माले पनि कर तिरेर सुरुवात गरेका थिए ।

    सबै वडामा वडा अध्यक्ष, जनप्रतिनिधीले कर बुझाएका छन । वडा नं ४ मा वडा अध्यक्ष टिकाराम गौडेल, वडा सदस्यहरु र प्रमुख प्रशासकिय अधिकृत मोतीराम सापकोटाले समेत कर बुझाएका थिए । पहिलो दिन मात्रै १ लाख ५० हजार भन्दा बढी राजस्व संकलन भएको छ। नगरपालिकाले चालु आर्थिक बर्षमा एकिकृत सम्पतिकरबाट १ करोड ३० लाख रुपैया संकलन गर्ने लक्ष्य राखेको प्रमुख पदमपाणी शर्माले जानकारी दिए ।

    प्रमुख शर्माका अनुसार नगरपालिकाका सबै क्षेत्रमा शहर भन्दा बढी गाउँ र कृषकहरु नै भएका कारण मालपोत शुल्क भन्दा पनि कम शुल्क लिएर एकिकृत सम्पति कर शुरु गरिएको छ। जग्गाको मुल्यकाँन मालपोत कार्यालयले भन्दा पनि कम छ भने घर र अन्य सम्पतिको पनि त्यही अनुसार मुल्याँकन गरिएको छ। ‘सामान्य कृषकहरुले एक सय रुपैया भन्दा पनि कम कर तिरे पुग्ने गरि करको दर निर्धारण गरिएको छ । ’ उनले भने ‘एकिकृत सम्पति कर भनेपनि कृषकहरु र सामान्य नागरिक मर्कामा नपरुन भनेर सस्तो दरमा संकलन गर्न थालेका हौ, यसबाट सर्वसाधरण मर्कामा पर्दैनन’
    नगरपालिकाले यसअघि एक सय भन्दा बढी कर्मचारी र स्वयँसेवक खटाएर प्रत्येक घरमा पुगेर बिबरण संकलन गरेको थियो । प्रत्येक घरको आर्थिक, पारिवारिक बिबरण संकलन गरिएको छ । नगरपालिकाले गुरुयोजना निर्माण गर्न लागेकाले त्यसका लागि समेत उक्त तथ्याँक प्रयोग हुने प्रमुख शर्माले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.