पोखरा महानगरपालिकाले सडकमा फोहर फाल्नेलाई तिरायो,पाँचहजार जरिवाना
/१९ बैशाख २०७५, बुधबार १६:०७ , प्रकाशीत
पोखरा, १९ बैसाख सडकमा जथाभावी फोहर फालेको अभियोगमा फुड लभ क्याफेका सञ्चालक रवि तिमिल्सिनालाई पोखरा लेखनाथ महानगरपालिकाले जरिवाना तिराएको छ । बुधबार साँझ पोखराको न्युरोडमा फोहर फाल्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीको गस्ति टोलीले पाँचजनालाइ नियन्त्रणमा लिई महानगरलाई जिम्मा लगाएको थियो ।
नियन्त्रणमा लिइएका पाँचजनालाई सोधपुछ गर्दा आफुहरु फुड लभ क्याफेको स्टाफ भएको जानकारी दिएपछि क्याफेका सञ्चालकलाई बोलाएर पाँचहजार जरिवाना गरिएको सरसफाई शाखाका प्रमुख कल्पना बरालले जानकारी दिईन् । फोहरमैला व्यवस्थापन ऐन २०६८ को सजाय सम्वन्धी दफा ३८ को क बमोजिम उक्त जरिवाना लिईएको बरालको भनाइ छ ।
आफ्नो नीजि घर तथा व्यावसायको फोहर सडकमा जथाभावी फालेर महानगरलाई प्रदुसित गर्ने छुट कसैलाई नभएको उनले बताईन् । फोहरमैला व्यवस्थापन सम्वन्धि कुनै समस्या भए सम्वन्धित शाखाको सम्पर्क ०६१,५२८५८५ मा सम्पर्क गर्न सकिने र सम्पर्कपश्चात चौबिस घण्टाभित्र समस्याको समाधान गर्ने शाखाका नायव सुव्वा हर्क गायकले जानकारी दिए ।
महानगरले गतमहिनादेखि हालसम्म पोलेमनपा–७ का मनोज बराललाई रु. एक हजार, हिमालय दोर्जे रेष्टुरेन्टलाई दश हजार र रंगिला डान्सबारलाई रु. पाँचहजार जरिवाना तिराएको गायकको भनाई छ । साँझ, विहान तथा रातको समयमा जथाभावी फोहर फाल्ने क्रम बढेसंगै महानगरपालिकाको सरसफाई शाखा, नगरप्रहरी तथा जिल्ला प्रहरी कार्यालय कास्कीले निगरानी बढाएर जरिवानामा कडाई गरेको छ ।
पोखरा सरसफाइ सवैको चासो र जिम्मेवारी भएकोले पोखरा सफा र स्वच्छ बनाउने अभियानमा सवै नागरिकको साथ अपरिहार्य भएको महानगर प्रमुखका स्वकिय सचिव लक्ष्मण तिमिल्सिनाले बताए ।

Related