प्रदेश ४ को पहिलो बजेट बिनियोजल, पर्यटन जलश्रोत प्राथमिकतामा
/१९ बैशाख २०७५, बुधबार १४:५४ , प्रकाशीत
पोखरा । प्रदेश नं ४ को प्रदेश सरकारले चालु आर्थिक वर्ष ०७४र७५ को बाँकी अवधिको लागि बजेट सार्वजनिक गरेको छ। प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले १ अर्ब २ करोड ५ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन्। आगामी बजेटलाई पूर्वाधारको विकास कार्यान्वयनमा लैजाने उद्देश्य अनुसार प्राथमिकता निर्धारण गरी अर्थमन्त्री गुरुङले बजेट सार्वजनिक गरेका हुन्।
अर्थमन्त्री गुरुङले कानुन तर्जुमा र कार्यान्वयन, प्रदेश गौरवका आयोजनाको पहिचान, आयोजना बैंकको तयारी, भौतिक पूर्वाधार निर्माणका सबै चुनौतीपूर्ण कार्यालाई प्रदेश निर्माणको अवसरको रुपमा लिएको बताए। थोरै समयको लागि बजेट ल्याइएको भन्दै बजेटमा सबै पक्ष सम्वोधन गर्न नसकेको अर्थमन्त्री गुरुङले जानकारी गराए।
नेपाल सरकारबाट भौतिक संरचनाको उचित ब्यवसथपन र वित्तीय ब्यवस्थापन गर्न अनुदानको रूपमा विनियोजित भएको एक अर्ब दुई करोड पाँच लाख मात्रै बजेटको स्रोत भएको भन्दै सोही अनुसारको बजेट विनीयोजना गरिएको हो । बजेटमा पूँजीगततर्फ ५४ करोड एक लाख २५ हजार र चालुतर्फ ४८ करोड तीन लाख ७५ हजार रुपैयाँ छुट्टाइएको छ।
अर्थमन्त्री गुरुङले प्रस्तुत गरेको बजेटमा प्रादेशिक भौतिक संरचनाहरुको प्रबन्ध तथा ब्यवस्थापान गर्ने, प्रदेशमा लगानीमैत्री वातावरण सृजना गर्ने, रोजगारी एवं स्वरोजगारका अवसर सृजना गर्ने, उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, गरिवी न्यूनिकरण गर्दै पूर्णरुपमा गरिवी निवारण गर्ने, भौगोलिक तथा सामाजिक सन्तुलन सहित प्रदेशको विकास गर्ने उद्देश्यले बजेट तयार पारिएको बताए।
सरकारले चालु आर्थिक वर्षको निति र कार्याक्रममा पर्यटन, उर्जा, कृषि उद्योग र भौतिक पुर्वाधारलाई प्राथमिकताको क्षेत्रमा राखेको छ ।

Related