पुतलीबजारकी नगर प्रमुख दुर्घटना सम्वन्धि समाचार प्रति असन्तुष्ट
/२१ बैशाख २०७५, शुक्रबार १३:५६ , प्रकाशीत
पोखरा । फेवातालमा घुम्ने क्रममा चिप्लिएर तालमा खसेकी पुतलीबजार नगरपालिकाका स्याङजाकी प्रमुख सिमा कुमारी क्षेत्रीका वारेमा सामाजीक सञ्जाल र अनलाईन मिडियामा प्रकाशित समाचार असत्य भएको भन्दै नगरपालिकाले विज्ञप्ति प्रकाशित गर्दै ध्यानाकर्षण भएको जनाएकोछ।
पुतलिबजार नगरपालिकाकी मेयर सिमाकुमारी क्षेत्रीले फेवातालमा हाम फालेर आत्महत्याको प्रयास गरेको भनी प्रकाशित समचारमा कुनै सत्यता नभएको भन्दै नगरपलिकाका प्रवक्ता ख्यामनारायण अधिकारीद्धारा हस्ताक्षरित प्रस बिज्ञप्तिमा उल्लेख गरिएकोछ।
बिहिवार साँझ ४ बजेको समयमा तालघुम्ने क्रममा एक्कासी प्रमुख क्षेत्री तालमा हामफालेर आत्महत्याको प्रयास गरेको र तत्कालै नजिकरहेका एक बिदेशी नागरिक पौडीखेलेर प्रमुख क्षेत्रीलाई ताबाट निकालेको भनी समाचार प्रकाशित भएको थियो। तर,तालमा घुम्नेक्रममा चप्पल चिप्लिएर लगेको बिषयलाई अनर्थलाग्नेगरी समाचार प्रकाशन भएको भन्दै प्रबक्ता अधिकारीले शुक्रवार बिज्ञप्ति जारी गरी प्रष्ट्राएका छन्।

Related