पोखरामा सार्वजनिक यातायात ठप्प,सर्वसाधारणलाई सास्ती
/२१ बैशाख २०७५, शुक्रबार ०३:३० , प्रकाशीत
पोखरा, २१ वैशाख /सरकारले यातायात ब्यवसायी समिति खारेज गरेपछि आन्दोलित ब्यवसायीहरुले आज देशैभरी कालो प्लेटका गाडीहरु नचलाउदा सर्वसाधारण मर्कामा परेका छन् । पोखरामा पनि छोटो तथा लामो दुरीका बस तथा ट्याक्सी संचालन भएका छैनन् ।
सरकारको निर्णय स्विकार्य नभएको भन्दै चरणबद्ध आन्दोलनको क्रममा आज कालो प्लेटको गाडी नचलाउने निर्णय भएको पृथ्वीराजमार्ग बस सञ्चालक समितिका महासचिव योगेन्द्र केसीले जानकारी दिए ।
उनका अनुसार देशभर ३ सय ५ ब्यवसायी समितिका ३ लाख भन्दा बढी गाडी छन् । सबै गाडी ग्यारेजमा राख्ने र कुनैपनि गाडी नचल्ने उनले बताए । रातो, हरियो लगायत अन्य प्लेटका गाडीहरु भने चलिरहेका छन् ।

Related