गुण्डागर्दीको आरोपमा पक्राउपरेका तीन जना गुण्डा जेल चलान
/२१ बैशाख २०७५, शुक्रबार ०३:४२ , प्रकाशीत
पोखरा । पोखरामा गुण्डागर्दी जस्ता अपराधीक कार्यमा सक्रिय रहँदै आएका तीन जना गुण्डा जेल चलान भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
चैत्र २४ गते पक्राउ परेका गुण्डा ललित गुरुङ, दीपेन्द्र परियार र संगम थापालाई करिब २५ दिनपछि अर्थात अस्ति बुधबार जेल चलान गरिएको प्रहरीले बताएको छ ।
धम्की दिई चन्दा असुल्ने, डर त्रास देखाई रकम लुट्ने जस्ता सार्वजनिक अपराध गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
उनीहरु माथि जिल्ला प्रशासन कार्यालय कास्कीले ३५ दिनको कैद सजाय र जनही १० हजार जरिवानाको फैसला गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी अशोक सिंहले बताए ।उनीहरुले २७ दिन हिरासतमे गुजारेका छन अब ८ दिन जेल बस्नुपर्नेछ ।
ललितकै समूहका स्याङजा पुतलीबजार नगरपालिका–९ घर भई हाल पोखरा–१५ रामबजार बस्ने रवी गुरुङ भनिने पनि प्रहरी हिरासतमै रहेको प्रहरीले बताएको छ् । ललित पक्राउ परेपछि रवीले व्यवसायीलाई धम्काएपछि कास्की प्रहरीले पक्राउ गरेको हो ।

Related