सेवारोक्ने यातायात समितिका पदाधिकारी पक्राउ गर्न निर्देशन लगत्तै पश्चिम बसका उपाध्यक्ष पक्राउ
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज
पोखरा । गृहमन्त्री रामबहादुर ‘बादल’ले सेवा अवरुद्ध गर्ने देशभरका यातायात समितिका पदाधिकारीलाई तत्काल पक्राउ गर्न निर्देशन दिएका छन् । ७७ जिल्लाका प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै उनले आवश्यक सेवा सञ्चालन ऐन( २०१४ अनुरुप कारवाही गर्न निर्देशन दिएका छन् । गृहमन्त्री थापाको जिर्देशन लगत्तै प्रमुख जिल्ला अधिकारीहरुले आफ्नो जिल्लाहरुमा सम्बन्धित यातायात समितिका पदाधिकारी पक्राउ गर्न प्रहरी परिचालन गरेको छ।
अत्यावस्यकीय ऐन अनुसार बन्द हडताल गर्नेहरुलाई ६ महिनासम्म कैद र जरिवाना गर्न सकिने व्यवस्था छ । हड्ताल गर्न उक्काउनेलाई एक वर्षसम्म कैद सजायको गर्न सकिन्छ ।
बुटवलबाट पश्चिम बसका उपाध्यक्ष बञ्जाडे पक्राउ
प्रहरीले पश्चिम नेपाल बस ब्यबसायी समितिका उपाध्यक्ष जीवन कुमार बञ्जाडेलाई पक्राउ गरेको छ ।ट्राफिकचोकस्थित आफ्नै पसल नजिकै चिया पिउदै गरेको अबस्थामा ईलाका प्रहरी कार्यलय बुटवलको टोलीले बञ्जाडेलाई पक्राउ गरेको हो ।पारिबारिक श्रोतका अनुसार प्रहरीले फोन गरेर कहां हुनुहुन्छ भनेकाथिए लगत्तै आएर पक्राउ गरेकाथिए ।
Related