• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्वतमा नयाँ सिडिओले थाले प्रशासन सुधारको काम

  •      /२१ बैशाख २०७५, शुक्रबार १५:४२ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पर्वत /पर्वत जिल्लामा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले कार्यालयमा हाजिर भएको दुई दिनमै प्रशासनिक सेवामा सुधारको सुरुवात गरेका छन ।प्रजिअ ढकालले कार्यालयमा आउने सेवाग्राहीलाई बिना झण्झट र घुस नखाई काम गर्ने वातावरण बनाउन १० बुँदे सुधारका काम थालेका हुन ।
    जिल्ला प्रशासन कार्यालयमा आउने सर्वसाधरणले ब्यक्तिगत निबेदन बिना नै काम गर्न शुरुवात गरेका छन । कार्यालयबाट लिने सिफारिसमा ब्यक्तिगत निवेदन लेख्न नजान्ने सर्वसाधरणले अनावश्यक रकम तिर्नुपर्ने र अन्य ब्यक्तिको समेत सहयोग लिनुपर्ने अवस्थाको अन्त्य गर्न बिना निबेदन काम गर्न शुरु गरेको हो । कार्यालयले स्थानिय तहले दिएको सिफारिस र पेश गरेका कागजातका आधारमा नै निबेदन नलिई सनाखत गरेर काम गरिदिने प्रजिअ ढकालले बताए ।‘सानो कुराले पनि जनताले ठुलो राहत हुन्छ भनेर निवेदन बिनै काम गरिदिन थालेका हौ’ उनले भने ‘ग्रामिण क्षेत्रबाट आउने र लेख्न पढ्न नजान्ने सर्वसाधरण यसबाट लाभान्वित हुनेछन’

    जिल्ला प्रशासनले बिचौलियालाई समेत कार्यालयमा आउन नदिने भएको छ । बिचौलियाले प्रभाबमा पारेर अनावश्यक रकम लिने हुँदा कार्यालयको समेत बेइज्जत हुँदै आएको भन्दै यसलाई पनि रोक्न शुरु गरेको छ । कोही कसैको भनसुन बिना नै काम गर्ने परिपार्टीको सुरुवात गर्न थालेको प्रजिअ ढकालले बताए । जेष्ठ नागरिक, अपांग, अशक्तलाई नागरिक सहायता कक्षबाट छिटो र सहज सेवा दिने ब्यबस्था समेत मिलाइएको जानकारी प्रजिअ ढकालले दिए ।

    जिल्लमा बुधबार मात्रै हाँजिर भएका ढकालले सञ्चारकर्मी संगको अन्तरकृयामा कार्यालयका कर्मचारीले अनावश्यक दुःख दिएमा सोझै आफुँ संग सम्पर्क गर्न सर्वसाधरणलाई समेत आग्रह गरेका छन । उनले तत्कालका लागि कार्यालयको सेवा प्रवाहमा सुधार गर्ने र त्यसपछि जिल्लाको शान्ति सुरक्षा, बिकास निर्माणका काममा अबरोध नहुने, नदी दोहन जस्ता बिषयमा कार्ययोजना बनाएर काम गर्ने जानकारी दिए । जिल्ला समन्वय अधिकारी बिष्णुप्रसाद भुसाल र जिल्ला प्रहरी प्रमुख दिलिप घिमिरेले समेत सञ्चारकर्मीका जिज्ञासाका बारेमा जानकारी दिएका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.