कास्कीको ढिकुरपोखरीमा घर बनाउने जग्गा हेदै प्रचण्ड
/२२ बैशाख २०७५, शनिबार ११:५५ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड घरबनाउने जग्गा खोज्दै आफ्नो जन्मस्थान कास्कीको ढिकुरपोखरीमा पुगेका छन्
एक दशक लामो शसस्त्र संघर्षको नेतृत्व गरेर भुमिगत भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले खुल्ला राजनीतिमा आएको झन्डै १३ वर्षपछि आफ्नो जन्मभुमिमा घर वनाउने भन्दै ढिकुरपोखरी पुगेका हुन्।
आफ्नो परिवार बस्ने घर बनाउनका लागि जग्गा खोज्दै उनी पत्नी सीता दाहाल, छोरी गंगा दाहाल ,नातिसहित र नेता कार्यर्ता सहित लेवाडे पुगेका थिए । त्यहाँ उनले स्थानिय हरिध्वज तुलाचनको जग्गा हेरेका छन् । २ ठाउँ जग्गा हेरेका उनले दुई मध्ये कुनै एउटा जग्गा किन्ने सोच बनाएको भाइ मुक्तिराम दहालले जानकारी दिए । प्रचण्डका ठूला बुबाका छोरा मुक्तिरामका अनुसार प्रचण्डले ५ देखि ९ रोपनी सम्म जग्गा लिने सोच बनाएका छन् ।२०१९ सालमा उनी ८ वर्षको हुँदा उनको परिवार लेवाडेको जग्गा बेचबिखन गरी चितवन बसाइ सरेको थियो ।

Related