• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सरकारसंग झुके यातायात ब्यवसायी यातायात बन्द फिर्ता

  •      /२२ बैशाख २०७५, शनिबार ०५:०६ ,  प्रकाशीत
  • पोखरा २३ वैशाख । सिन्डिकेट यथावत हुनुपर्ने माग राख्दै यातायात बन्दको घोषणा गरेको यातायात व्यवसायी महासंघ केपी ओली सरकारसंग झुक्न बाध्य भएको छ । सरकारको निर्णय विरुद्ध यातायात ठप्प पारेका ब्यवसायी प्रति सरकार कठोर बनेपछि बाध्य भएर ब्यवसायीहरु आन्दोलनबाट पछि हटेका छन् । ब्यवसयाीहरुल्े वार्ता र संवादमार्फत समस्याको स्थायी समाधान खोज्न सरकारसँग आग्रहसमेत गरेका छन् ।

    यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले एक विज्ञप्ति जारी गर्दै बन्द कार्यक्रम फिर्ता भएको घोषणा गरेका हुन् ।सिन्डिकेट हटाउन नहुने माग गर्दै महासंघले शुक्रबार सार्वजनिक यातायात बन्दको घोषणा गरेको थियो । व्यवसायीले यातायात बन्द गरेसँगै सरकार त्यसविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको थियो । यातायात व्यवसायी महासंघमा आबद्धलाई पक्राउ गर्नेदेखि रुट खारेजीसम्मको निर्णय सरकारले गरेको थियो ।

    सरकार र यातायात व्यवसायीबीच द्धन्द्ध बढिरहेका बेला संघर्षरत यातायात व्यवसायी महासंघले बन्दलगायतका संघर्षका कार्यक्रम फिर्ता लिएको हो ।महासंघले वार्ता र संवादमार्फत समस्याको स्थायी समाधान खोज्न सरकारसँग आग्रहसमेत गरेको छ । ‘सार्वजनिक यातायातसँग सम्बन्धित महासंघहरुले उठान गरेका मागहरुलाई वार्ताद्वारा समस्या समाधान गर्नका लागि नेपाल सरकारसमक्ष अनुरोध गर्दछौं’, जारी विज्ञप्तिमा भनिएको छ ।

    महासंघले देशभरका यातायात संघ, संस्था, प्रालिका पदाधिकारी, व्यवसायी, कर्मचारी तथा मजदुरहरुलाई धरपकड तथा पक्राउ गरिएको प्रति आपत्ति जनाउँदै उनीहरुलाई विना शर्त रिहाइ गर्न माग गरेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.