• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पत्रकार महासंघ प्रदेश ४ को कार्यसमितिको पदस्थापन

  •      /२३ बैशाख २०७५, आईतवार ०८:२५ ,  प्रकाशीत
  • पोखरा, २३ वैशाख/नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ४ को निर्वाचित कार्यसमितिको आइतबार पदस्थापन भएको छ ।माओवादी केन्द्र अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा भएको पदस्थापन समारोहमा निर्वाचन अधिकृत सुरेन्द्र थापामगरले कार्यसमितिको पदस्थापन गराएका हुन् ।

    पदस्थापन समारोहलाई सम्वोधन गर्दै अध्यक्ष प्रचन्डले प्रदेश ४ मा विकास र समृद्धिको लागि प्रचूर सम्भावना रहेको प्रदेश रहेको बताए । उनले प्रदेश ४ को राजधानी पोखरामा हुनेमा कुनै विवादसमेत नरहेको उल्लेख गर्दै मुलुकको विकासमा सबैले दत्तचित्त भएर लाग्नुपर्ने बताए ।

    मुलुक संघीय संरचनामा गएपछि पत्रकार महासंघले पनि त्यसै अनुरुप प्रदेश महासंघको अबधारणा ल्याएको हो। काँग्रेस एमाले र माहोवादी केन्द्र लगायतका दल निकट पत्रकारहरुले आन्तरिक सहमतिगरी मुलुका विभिन्न स्थानमा महासंघलाई भागबन्डामा निर्विरोध गराएको थिए । त्यसै अनुरुप प्रदेश नंवर ४ माओवादी केन्द्र निकट प्रेस सेन्टरको भागमा परेको थियो। प्रेस सेन्टरले अध्यमा सर्वसम्वतरुपमा त्रिभुवन पौडेललाई अगाडी बढाएको थियो। सेन्टकार प्रदेश ४ अध्यक्ष पौडेल यसअघि पत्रकार महासंघ कास्कीमा दुई कार्यकाल सचिव र यसअघि उपाध्यक्ष थिए ।
    प्रदेश उपाध्यक्षमा नारायणप्रसाद शर्मा, उपाध्यक्ष (महिला) शान्ति गुरुङ, महासचिव गणेश पौडेल, सचिव इन्द्रप्रसाद पौडेल, सचिव (समावेशी) रुद्र श्रीष मगर, कोषाध्यक्ष दीपक भट्टराई छन् ।सदस्य खुलातर्फ खेमबहादुर सारु, गोविन्दप्रसाद सुवेदी, वसन्तराज अधिकारी, राजेन्द्र न्यौपाने, रामजी प्रसाद लम्साल,सन्तोष गौतम,सुशीलबाबु श्रेष्ठ, सदस्य महिलातर्फ अञ्जना तिमिल्सिना, कमला केसी, रविना ढकाल, सदस्य दलितमा राजेश सोनाम, सदस्य आदिवासी जनजाति शीला गुरुङ, संगम घर्ती, सदस्य अल्पसंख्यक÷अपांगता शेष मोहम्मद हनिफ निर्विरोध भएका हुन् । यस प्रदेशमा मधेशी २ सदस्य कोटामा कुनै उम्मेदवारी नपरेकोले खुला सदस्यमा कायम गरिएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.