शुभेच्छा न्यूज
पोखरा । निजी क्षेत्रबाट सञ्चालित एग्रो फर्मको लापरबाहीका कारण आँधिखोलाको जलचर सखाप भएका छन् । आँधिखोलामा एक्कासी माछा,खोलेहाँस लगायतका जलचर सखाप भएपछि बनेको छानविन समितिले खिलुङ कालिका एग्रो फर्मको लापरवाहीकै कारण जलचर मरेको आँकलन गरेको छ।
एग्रोले फोहोर तथा कुखुराको सुली प्रत्यक्ष आँधिखोलमा मिसाएकै कारण यो विपत्ति आएको अनुमान समितिले गरेको छ। तर,दाषीलाइै कारवाही गर्न भने प्रशासनले आलटाल गरेको छ।
भिरकोट नगरपालिकामा फर्म संञ्चालन गरिएको भएपनि उक्त फर्मले गल्याङ नगरपालिकाको तुलसिभञ्याङमा फोहोर फाल्ने कार्य गर्दै आएको थियो ।
एग्रोले जेसिभीको प्रयोग गरेर सुलि खोलामा मिसाएकै कारण जलचर मरेको सहितिको ठहरगरेको छ। सुलिको दुर्गन्ध कम गर्न प्रयोग गरिने बिषादीका कारण खोलाका माछा मरेको हुन सक्ने प्रारम्भिक आँकलन गरिएको छ।
प्रशासनले माछा खान र पानी सिँचाइ गर्न रोक लगाएको छ । विशाक्त पानीको असर कालीगण्डकी सम्म पर्ने सरोकारवालाको भनाई छ ।
आँधीखोलामा सुली फालेको आरोपमा खिलुङ कालिका एग्रो फर्मका सञ्चालक, कार्यकारी प्रमुख शोभाकान्त ढकाल, सुली फाल्न प्रयोग गरिएको स्काभेटर र चालक सहित अन्य दुई जनालाई वालिङ प्रहरीले नियन्त्रणमा लिएकोछ।
सुलीकै कारण करिब दुई लाख माछाका भुरा,एक लाख माछा, कछुवा, पानीहाँस, बकुल्ला, आँधीखोलाको माछा र पानी खाएका चरासमेत मरेको आशंका गरिएको छ ।

Related