आधुनिक कतारको निर्माणमा नेपालीको महत्वपूर्ण योगदान – राजदुत युसुफ
/२४ बैशाख २०७५, सोमबार १०:४७ , प्रकाशीत
शुभेच्छा न्यूज पोखरा । नेपाल स्थित कतारका राजदुत युसुफ बिन महमद अल–हेलले आधुनिक कतारको निर्माणमा नेपाली नागरिकको योगदान महत्वपूर्ण रहेको बताएका छन । कास्की माछापुच्छ«े गाँउपालिका ६ भिडाबारी स्थित बराह माबी द्वारा सोमबार आयोजित सम्मान कार्यक्रममा राजदुत युसुफले नेपाली नागरिकको कतार प्रतीको योगदान कहिल्यै बिर्सन नसकिने बताए ।
राजदुत युसुफले नेपाली नागरिकको योगदानको कारणले नै नेपाल र कतार बिचको सम्बन्ध प्रगाढ रहेको बताउँदै नेपालको बिकासमा कतार संधै सकारात्मक रहेको बताए । उनले कतारमा रोजगारीमा रहेका ५ लाख नेपाली नागरिकले वार्षिक २ खर्ब डलर रेमिट्यान्स नेपाल भित्राउने गरेको प्रंशग राख्दै नेपाल संग सहमती भए अनुुसार नेपाल र कतारले वणिज्य क्षेत्रमा समेत संयुक्त रुपमा काम गर्ने बताए ।
राजदुत युसुफले अभिभावकहरुलाई आफ्ना बालबालिका लाई विद्यालय पठाउन आग्रह गर्दै कुनै पनि देशका नागरिकका लागि शिक्षा अपरिहार्य रहेको बताए । उनले कार्यक्रममा उपस्थित विद्यालयका अभिभावक र विद्यार्थीहरु प्रति इंगित गर्दै भने–“यहाँ उपस्थित यि बालबालिका नै भोलिको देश निर्माण गर्ने कर्णधार हुन ।” उनले शिक्षा बाटै सबै बिकास सम्भव हुने धारणा राख्दै नेपालको आधुनिक शिक्षाको बिकासका लागि कतारी च्यारिटी मार्फत प्रत्येक वर्ष १० हजार डलरको सहयोग गर्दै आएको स्मरण समेत गराए ।
कार्यक्रममा राजदुतका पारिवारीक सदस्य अलि मिहान द्रादीले आफु यो विद्यालयमा सम्म आइपुग्दा निकै खुसी लागेको बताए। उनले आगामी दिनमा विद्यालयको भौतिक पूर्वाधार बिकासमा सहयोग गर्ने प्रतिवद्धता ब्यवाक्तगरे ।
कार्यक्रमलाई पूर्व कृषी तथा सहकारी मन्त्रि एवम सांसद अकबल अहमद शाह, माछापुच्छ«े गाँउपालिकाका अध्यक्ष कर्ण बहादुर गुरुङ, नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङ, विद्यालयका प्रधानाध्यापक नर बहादुर गुरुङ, विद्यालय सम्म कतारका राजदुतलाई ल्याउन सेतुको काम गर्ने लमजुङ शिप बिकास प्रतिष्ठानका अध्यक्ष विष्णु प्रसाद भुसाल, शिक्षिका विष्णु माया पोखरेल लगाएतले विद्यालयको गतिवधी र शिक्षाको बिकासका बारेमा बोलेका थिए ।
शुभेच्छा न्यूज
पोखरा । नेपाल स्थित कतारका राजदुत युसुफ बिन महमद अल–हेलले आधुनिक कतारको निर्माणमा नेपाली नागरिकको योगदान महत्वपूर्ण रहेको बताएका छन । कास्की माछापुच्छ«े गाँउपालिका ६ भिडाबारी स्थित बराह माबी द्वारा सोमबार आयोजित सम्मान कार्यक्रममा राजदुत युसुफले नेपाली नागरिकको कतार प्रतीको योगदान कहिल्यै बिर्सन नसकिने बताए ।

Related