• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बाधको छालामा स्यालको रजाई,फैजदारी अभियोग लागेका साँसदलाई कारवाही नहुने

  •      /२४ बैशाख २०७५, सोमबार १४:४३ ,  प्रकाशीत
  • काठमाडौं । हत्या, अपहरण, बलात्कार, रातो पासपोर्ट दुरुपयोगजस्ता घटनामा संलग्न भएपनि आफ्नो पद नखोसिने प्रावधान सांसदहरुले बनाएका छन् । योसँगै संघीय संसद्का सांसदहरु फौजदारी अपराधमा संलग्न भई अदालतले पुर्पक्षका लागि थुनामा पठाउँदा पनि उनीहरुको पद निलम्बन नहुने भएको छ ।

    शनिबार बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभा नियमावली मस्यौदा समितिको छुट्टाछुट्टै बैठकबाट सांसदहरु फौजदारी अभियोगमा थुनामा परेपनि पद कायम रहने प्रावधान नियमावलीमा राख्ने सहमत भएका हुन् । यो व्यवस्थाअनुसार गम्भीर फौजदारी अभियोग लागेर पुर्पक्षका लागि थुनामा गए पनि संसदको पद निलम्बन हुने छैन् ।

    यसले सांसदहरुलाई अपराधमा प्रेरित गर्ने भएको छ । यो अभियोगमा चलाइएका मुद्दाबारे अदालतले समयमै फैसला गर्ने छैन । अन्तिम फैसला नअाएको भन्दै अपराधि कार्यमा संलग्न सांसदहरु पनि राज्यको सेवा सुविधा पाउने छन् ।

    यसअघि व्यवस्थापिका र संविधानसभाकालमा आपराधिक कार्य गरेर पुर्पक्षका लागि थुनामा जाने संसदको पद स्वतः निलम्बन हुने व्यवस्था थियो । अब अदालतले अन्तिम फैसला गरेर दोषी ठहर गरेमा मात्रै निलम्बन हुने व्यवस्था नियमावलीको मस्यौदामा राखिएको छ ।

    सत्तारुढ नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरुले आफूहरुले यो निमावली नचाहेको तर नेपाली काँग्रेसका सांसदहरु नमान्दै नमानेपछि आफूहरु बाध्य भएर सहमत भएको सार्वजनिक रुपमै बताएका छन् । काँग्रेस सांसदहरुले सरकारले आफ्ना सांसदहरुलाई फसाउन सक्ने भन्दै यो प्रावधानमा अडान लिएको बताइएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.