तीन वर्षभित्र देशलाई विद्युतमा आत्मनिर्भर बनाउने उर्जामन्त्रीको घोषणा
/२५ बैशाख २०७५, मंगलवार १३:०५ , प्रकाशीत
काठमाडौं । सरकारले आगामी तीन वर्षभित्र देशलाई विद्युतमा आत्मनिर्भर बनाउने घोषणा गरेको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले मंगलबार सार्वजनिक गरेको मन्त्रालयको भावी मार्गचित्रमा ३ वर्ष भित्र मुलुकलाई विद्युतमा आत्मनिर्भर बनाउने उल्लेख गरिएको हो । पत्रकार सम्मेलन गरी मन्त्रालयको भावी मार्ग चित्रबारे सार्वजनिक गर्दै उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले विद्युत चुहावट न्यूनिकरण र नियन्त्रण, भार व्यवस्थापन र उर्जा दक्षता कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्ने योजना अघि सारिएको पनि जानकारी दिए ।
उनले विपन्न वर्गलाई निःशुल्क इनर्जी मिटर जडान गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । मार्ग चित्रमा सिंचाई क्षेत्रको विकासका लागि सिंचित कृषि क्षेत्रको अभिवृद्धिमा जोड दिने उल्लेख गरिएको छ । साथै तराई–मधेशमा निर्माण भएका ट्यूवबेलहरुमा विद्युत सेवा प्रवाह र सोलार प्रविधिको उपयोग गर्न भरपर्दो वितरण लाईनको व्यवस्था गर्ने बताइएको छ । मन्त्रालयले सार्वजनिक गरेको भावी मार्गचित्रमा आगामी १० वर्षलाई उर्जा दशकको रुपमा अघि बढाउने योजना पनि अघि सारिएको छ ।

Related