• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कानुन निर्माण संसदको पहिलो प्रथामिकता ः अध्यक्ष तिमिल्सिना

  •      /२६ बैशाख २०७५, बुधबार ०९:२५ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा,२६ वैशाख । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि जापानका राजदूत माशाशी ओगावाबीच शिष्टचार भेट सम्पन्न भएको छ ।
    आफ्नो साढे चारवर्षको कार्यकाल सम्पन्न गरी स्वदेश फर्कन लाग्नुभएका राजदूत ओगावाले बुधवार अध्यक्ष तिमिल्सिनाको सिंहदरबारस्थित सचिवालयमा भेटघाट गरेका हुन्। भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले कार्यकाल सम्पन्न गरी स्वदेश फर्कन लागेकोमा राजदूत ओगावालाई बधाई व्यक्त गरे।
    तिमिल्सिनाले यो अवधिमा नेपालले भूकम्प, संविधान निर्माण र नाकाबन्दीको सामना गरेको बताउँदै उक्त क्रममा राजदूतमार्फत जापानबाट प्राप्त सहयोगको प्रशंसा गरे। त्यसैगरी जापान सरकारले पूर्वाधार निमार्ण, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा गरेको सहयोगले नेपाल लाभाम्वित भएको बताए।
    संविधानअनुसार बन्नुपर्ने सयभन्दा बढी कानुन निमार्णमा प्रथामिकतासाथ संसद जुटिरहेको र देश अब समृद्धितर्फ उन्मुख भएकाले त्यसका लागि मित्रराष्ट्रहरुको सहयोग र समर्थन कायम रहने विश्वास व्यक्त गरे। नेपाल र जापानबीच सुमधुर सम्बन्ध रहेको स्मरण गर्दै अध्यक्ष तिमिल्सिनाले दुई देशबीच संसदमैत्री समूह गठन गरी सांसदहरुको भ्रमण तथा अनुभव आदानप्रदानमा पहल गर्ने बताए।
    जापानका राजदूत ओगावाले संविधानअनुसार बनेको सबै संरचनाको निर्वाचन सम्पन्न गरी कार्यन्वयतर्फ लागेकाले नेपालले स्थिरता र समृद्धीको लक्ष्य हासिल गर्ने बढ्ने विश्वास व्यक्त गरेका थिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखरामा ब्यवसायीमाथि हातपात गरेको आरोपमा वडाअध्यक्ष पराजुली पक्राउ
    पुर्नस्थापना गर्न माग गर्दै कुलमानद्वारा सर्वोच्चमा रिट दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.