• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा आमन्त्रण टेबुल टेनिस प्रतियोगिता सुरु

  •      /२७ बैशाख २०७५, बिहीबार १४:२० ,  प्रकाशीत
  • पोखरा, २७ बैशाख ।कास्की जिल्ला टेबुल टेनिस संघको आयोजनामा बिहिबार देखि पोखरामा दोश्रो आमन्त्रित टेबुल टेनिस प्रतियोगिता २०७५ सुरु भएको छ ।
    प्रतियोगिताको उद्घाटन गर्दै पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष खगराज पौडेलले पोखरा रंगशालामा पूर्वाधार बिकासमा गति दिन चाहेको बताए । उनले टेबुल टेनिस खेलको पूर्वाधारमा जती बिकास हुनु पर्ने हो त्यो हुन नसकेको प्रशंग राख्दै भने–“१३ औं दक्षिण एशियाली खेलकुद (साग)मा टेबुल टेनिस बाट समेत पदकको आशा लिएका छौं ।”
    पोखरामा टेबुल टेनिस खेलका लागि व्यवस्थित इन्डोर कोर्ट निर्मांण गर्ने वा व्याडमिन्टन कोर्टको निर्माण सम्पन्न भएपछि हालको व्याडमिन्टन कोर्ट लाई नै प्रयोग गर्ने गरी व्यवस्था मिलाउने अध्यक्ष पौडेलले बताए ।
    उद्घाटन कार्यक्रममा कास्की जिल्ला टेबुल टेनिस संघका सल्लाहकार बाबुराम पन्तले यस्ता प्रतियोगिताले टेबुल टेनिस खेलका नयाँ पुस्ताका खेलाडी उत्पादनमा सहयोग पुग्ने बताए ।
    कास्की जिल्ला टेबुल टेनिस संघका अध्यक्ष उत्तम जोशीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा संघकी उपाध्यक्ष निर्मला बराल, सचिब फणिन्द्र तिमिल्सिना लगाएतले मन्तव्य राखेका थिए ।
    उक्त आमन्त्रित टेबुल टेनिस प्रतियोगितामा ८ जिल्लाका जुनियर तथा सिनियर महिला २५ पुरुष २२ गरि ४७ जना खेलाडीहरुको सहभागिता रहेको छ । तिन दिन सम्म चल्ने प्रतियोगितामा बिजेता खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्न ३ लाख खर्च लाग्ने अध्यक्ष जोशीले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.