काठमाडौँः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणका क्रममा आज नेपाल आउँदैछन्। प्रधानमन्त्री मोदी पटनाबाट प्रदेश २ को अस्थायी मुकाम जनकपुर आउनेछन्। काठमाडौँ बाहिरबाट भ्रमणको सुरुवात गरेका मोदी भारतीय वायुसेनाको विशेष विमानबाट बिहान १० बजे जनकपुर आइपुग्ने कार्यक्रम रहेको छ।
जनकपुरमा मोदीलाई उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्नेछन्। प्रधानमन्त्री केपी शर्मा ओली पनि शुक्रबार बिहान नै जनकपुर जाने कार्यक्रम छ।
जनकपुरमा मोदीले जानकी मन्दिरमा पूजापाठ गर्नेछन्। यस्तै, रामायण सर्किटको उद्घाटन, जनपुर अयोध्या सिधा बस सेवाको उद्घाटन पनि मोदीले गर्नेछन्। मोदीलाई जनकपुर उपमहानगरपालिकाले नागरिक अभिनन्दन पनि गर्दैछ।

Related