नेपालको सार्वभौम अखण्डतामाथि धावावोल्दै जनकपुर माग्ने भापाका नेतालाई योगेशको चेतानी
तपाईको प्रतिक्रिया





काठमाडाैँ । भारतका भारतीय जनता पार्टीका सांसद किर्ती आजादले मिथिलाको भाग फिर्ता माग्न प्रधानमन्त्री नरेन्द्र मोदीलार्इ ट्वीट मार्फत अाग्रह गरेपछि उक्त कुराकाे नेपाली राजनीतिक दलका नेताहरुले अालाेचना गरीरहेका छन्।
ट्वीटरमा यस्ताे लेखिएकाे छ………………
सत्तारुढ एमालेका सांसद योगेश भट्टराईले मिथिला फिर्ता माग्नुपर्ने भारतीय जनता पार्टीका सांसदको ट्वीटलाई ‘दिमाग खुस्किएकाे’ हरुले गर्ने भनेर टिप्पणी गरेका छन् ।
आजादले गरेको ट्वीटको प्रतिक्रिया दिदै नेकपा एमाले सचिव एवं सांसद भट्टराईले भने, ‘जसको दिमाग खुस्केको हुन्छ, त्यसले मात्र यस्ता कुरा लेख्छ–बोल्छ, इतिहास बुझेकाे मानिसले यस्तो कुरा लेख्दैन–भन्दैन, जसले नेपालको इतिहास पढेको बुझेको छ्रैन, त्यसले यस्तो कुरा गर्छन, नेपाल भारत भन्दा धेरै पुरानो देश हो, यसको बारेमा थाह छै्रन भने पढे हुन्छ, हैन भने यस्ता कुुरा गर्नु हुँदैन, नेपाल भारतबीचको सम्बन्धमा भाँझो हाल्न चाहनेले हो यस्तो लेख्ने।’
नेता याेगेशले उनले दिएको सो अभिव्यक्तिले मुलुकको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतामाति आँच पुग्ने भन्दै त्यसको घोर भत्र्सना गरेका छन् ।
nepal pana
Related