बाथरुपमा लडेर गम्भिर घाईते भएका सभामुख अधिकारीको काठमाण्डौंको मेडिसिटीमा उपचार हुदै
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज
पोखरा /बाथरुममा लडेर गम्भीर घाईते भएका प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारीलाई थप उपचारका लागि काठमाण्डौ लगिएको छ । अधिकारीलाई काठमाण्डौको भैसेपाटी स्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ ।
अधिकारीलाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि काठमाण्डौ लगिएको उनका आफ्न्तले जानकारी दिएका छन्।शुक्रबार दिउँसो ४ बजे बाथरुपमा लडेर घाइते भएका अधिकारीकोे टाउकोमा रगत जमेको छ ।
सभामुख बाथरुममै लडेपछि उनका सहयोगीले सिर्जनाचोकको मेट्रोसिटी हस्पितलमा पु¥याएका थिए । मेट्रोसिटीबाट थप उपचारका लागि हेलिकप्टोरबाट काठमाडौं लैजान खोजिएको थियो । तर हेलिकप्टरको तत्काल व्यवस्था नभएपछि सभामुख अधिकारीलाई मनिपालमा उपचार भएको गरिएको थियो ।
phile photo
Related