शुभेच्छा न्यूज
पोखरा । पोखरा लगायत प्रदेश नम्वर ४ का करिव आधा दर्जन ठाउँहरुमा संकास्पद बस्तु सहित भेटिएको बम डिष्पोज गरिएको छ। बिप्लब माओवादीले आयोजना गरेको बन्दका क्रममा पोखरा लेखनाथ महानगरपालिकाका बिभिन्न चार स्थानमा भेटिएको बम निश्क्रिय पारिएको छ ।त्यसैगरी पृथ्बिराजमार्ग अन्तरगतको तनहुँको व्यास नगरपालिका–३ मादी नदीको पुलमा फेलापपरेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको थियो ।
पोखरा लेखनाथ महानगरपालिका ९२९ सैनिक बस्तीमा आइतवार बिहानै फेला परेको सकेट बम सेनाले निश्क्रिय पारेका थियो। महानगरको सैनिक बस्ती स्थित राजमार्गमा प्लाष्टिकमा तार व्याट्रीमा जोडेको अवस्थामा फेला परेको सकेट बमलाई नेपाली सेनाको बम डिष्पोजल टोलीले निश्क्रिय पारेको हो ।
त्यसैगरी महानगरको अम्मरसिंह चोक स्थित वेलकम गेटको बाँया पट्टी रेडबुलको बट्टामा प्लाष्टिकले बेरेर तार बाहिर देखाएको अवस्थामा फेला परेको शंकास्पद बस्तुलाई डिस्पोजल टोलिले डिस्पोज गरेका थियो।
यस्तै पोखराको एयरपोर्ट गेट नजिकै कार्टुन भित्र फेला परेको पेट्रोल बमलाई पनि डिष्पोजल टोलीले निश्क्रिय पारेको छ ।
पछिल्लो क्रममा पोखराको नयाँबजार स्थित सस्तो बजार अगाडी पनि संकास्पद बस्तु भेटिएको थियो । सस्तो बजार अगाडी सडकको छेउमा रातो जेब्रा झोलामा भेटिएको संकास्पद बस्तुलाई निश्क्रिय पारिसकिएको छ ।

Related