प्रदेश ४ को सुरक्षा गोष्ठी ः बिप्लव माओवादी सुरक्षा चुनौती,गैर कानुनी कार्य गर्नेलाई नछाड् गृहमन्त्री
तपाईको प्रतिक्रिया





पोखरा, ३० वैशाख / विप्लव माओवादीको क्रियाकलाप नै मुख्य सुरक्षा चुनौती रहेको प्रदेश ४ विभिन्न जिल्लाका सुरक्षाप्रमुखले बताएका छन् । राज्य पुनर्संरचनापछि गहृमन्त्रालयद्वारा पोखरामा आइतबार भएको प्रदेश ४ स्तरीय सुरक्षा गोष्ठीमा उनीहरुले क्षेत्रीय, जातीय संगठन सहित विप्लव माओवादीका क्रियाकलाप नै मुख्य चुनौती रहेको उल्लेख गरे ।
गोष्ठीमा सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिँदै गृहमन्त्री रामबहादुर थापा बादलले संविधान र कानूनविपरीत गरिने जुनसुकै अनुचित क्रियाकलाप नियन्त्रण गर्र्नुपर्ने बताए ।गृहमन्त्रीको भनाइ उद्घृत गर्दै गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता रामकृष्ण सुवेदीले स्थानीय र प्रदेश सरकारबीच समन्वय, यातायात सिन्डिकेटको अवस्था, सुशासन लगायत आवश्यक कानुन नबनिञ्जेल शान्तिसुरक्षाका लागि आवश्यक समन्वय गरी अगाडि बढ्न निर्देशन दिएका थिए ।
यस्तै गोष्ठीमा विद्यमान सुरक्षा अवस्था, चुनौती र समाधानबारे प्रस्तुति र छलफल भएको छ ।मुलुक संघीयतामा गएसँगै केन्द्र र प्रदेश र स्थानीय तहको सुरक्षामा कसरी एकरुपता ल्याउने, विभिन्न क्षेत्रको सिन्डिकेट अन्त्य गरी व्यवस्थापन कसरी गर्ने, मौसमी सुरक्षा, विपद् व्यवस्थापन, गृहमन्त्रीबाट जारी ८२ बुँदे कार्ययोजना र ३७ बुँदे निर्देशनबारे गोष्ठी केन्द्रित थियो ।
गोष्ठीमा प्रदेश ४ का विभिन्न ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका जिल्लास्तरीय प्रमुखहरुको गरी करिब १ सय जनाको सहभागिता थियोे । सम्बन्धित जिल्लाका सुरक्षा प्रमुखहरुले आ–आफ्नो जिल्लाको व्यवस्था अवस्थाबारे जानकारी गराएका थिए ।
Related