• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराको एयरपोर्टमा बम फेला

  •      /३० बैशाख २०७५, आईतवार ०८:१४ ,  प्रकाशीत
  • पोखरा । पोखरा लेखनाथ महानगरपाकिकाका दुई स्थानमा बम फेला परेको छ । नेत्रविक्रम चन्द(विप्लप) माओवादीले गरेको बन्दको क्रममा बम फेला परेकाले उनीहरुलेनै तर्साउनका लागि राखेको हुन सक्ने प्रहरीले जनाएको छ ।
    पोखराका पोखरा लेखनाथ महानगरपाकिलाको विजयपुर र पोखरा विमानस्थल अगाडी बम फेला परेको कास्कीका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रिले जानकारी दिए ।
    उनका अनुसार विजयपुरको बम नेपाली सेनाको टोलीले डिस्पोज गरि रकेको छ भने विमानस्थल अगाडीको शंकास्पद बस्तु नेपाली सेनाले डिस्पोज गर्ने तयारी गरेकोछ। बम विप्लप माओवादीका कार्यकर्ताले राखेको हुनसक्ने प्रहरीको भनाई छ । पोखरामा बम फेला पारेपनि प्रहरीले अहिले सम्म कसैलाई पक्राउ भने गरेको छैन।
    तनहँुमा बम डिस्पोज
    तनहुँको व्यास नगरपालिका–३ मादी नदीको पुलमा फेलापपरेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।
    बिहान ५ बजे पुलमा फेला परेको बम नेपाली सेनाको श्री नं ३ बाहिनी खैरेनीटारबाट आएको बम निष्क्रिय टोलीले ९ बजे निष्क्रिय पारेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी सुनिल मल्लले प्रेसर कुकर बम सेनाले निष्क्रिय पारेको बताए । बम निष्क्रिय पार्दा ठूलो आवाज सहित बिष्फोट भएको थियो।
    मल्लका अनुसार प्रेसर कुकरभित्र डेटोनेटर ३३ र बम पड्काउन सजिलो हुने सेतो पाउडर फेलापरेको थियो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.